सुचिन्दा र संजीव थेबेको “तिमी मेरो” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायिका सुचिन्दा श्रेष्ठ र मोडल तथा नायक संजीब थेबेको अभिनय रहेको गित “तिमी मेरो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।उक्त गितको म्युजिक भिडियो भावसागर ईन्टर्टेन्मेन्ट युट्य्ब च्यानल मार्फत शुक्रबार सार्वजनिक भएको हो ।

गायिका श्रेष्ठ र गायक एवं संगीतकार अमन प्रधानले आवाज भरेको गित “तिमी मेरो” बोलको म्युजिक भिडियोमा
गायिका स्वय र मोडल तथा नायक संजीव थेबेलाई फिचर गरिएको म्युजिक भिडियोले सबैको ध्यान तान्छ ।
युवा पुस्ताको प्रेममा आधारीत गितको भिडियोलाई पछिल्लो समय लोकप्रिय गीतहरु निर्देशन गरिरहेका राजेशपोमु राईको निर्देशन गरेका छन् ।

भिडियोको उत्पादन प्रबन्धकको जिम्मेवारी दिपेन माईकलको छ भने, उत्सव दाहालले सिनेमेटोग्राफरको भुमिका निर्वाह गरेका छन ।

भिडियोमा ताप्लेजुङको सिनाममा जन्मिएर हाल हङकङ बसोबास गर्दै आएका समाजसेवी वसन्त थेबेको लगानी रहेको छ ।
थेबेले नेपाली गीत संगीतको उत्थानका हेतुले बर्षमा एक, दुई वटा गीतको भिडियो निर्माण गरिरहेका छन् ।
नेपाली कथानक चलचित्र “शान्ति“ को निर्माण गरिसकेका थेबे नेपालमा बिपद आईलाग्दा र आफ्नो गाउँघरमा दुख पर्दा सदैव सहयोग गर्न पनि उत्तिकै लागि पर्दै आएका छन् ।


उक्त गीत, वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दरचना, अमन प्रधानको संगीत, राहुल प्रधानको संगीत सम्योजन तथा मिक्स÷माष्टर, बि–माईनर स्टुडियोमा रेकर्डिङको काम भएको थियो ।

यसअघि गायिका सुचिन्दा श्रेष्ठको पहिलो गीत “एक चोटि आईदेउन“ मा मोडल सन्जिव थेबे र सृष्टि खड्काले फिचर गरेका थिए भने सो भिडियो को निर्देशन निशान घिमिरेले गरेका थिए ।

भिडियो हेर्नुस:


प्रतिक्रिया दिनुहोस्