सातौँ लाम पोखरी च्यालेन्ज रनिङ कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ । सातौँ लाम पोखरी च्यालेन्ज रनिङ कप २०७९ को उपाधि आयोजक टिमले हात पारेको छ । आज भएको फाइनल खेलमा कर्णसिङ सोनाम स्मृति क्लबलाई १-०को अन्तरले पराजित गर्दै आयोजक टिमले नै उपाधि राखेको हो । 

फुङलिङ नगरपालिका वडा नं. ९ हाङदेवाको लामपोखरीमा गत फागुन १५ गतेबाट सुरु भएको उक्त प्रतियोगिताको समापन आज भएको हो । प्रतियोगिताको विजेता आयोजक टिमले नगद एक लाख ११ हजार १११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । 

यस्तै उपविजेता कर्णसिङ सोनाम स्मृति क्लबले नगद ५५ हजार ५५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको लाम पोखरी च्यालेन्ज रनिङ कपका खेल संयोजक सन्तान मादेनले जानकारी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्