छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले अनिवार्य तोकिएको स्थानमा गएर सेवा दिन मन्त्री लिम्बुको निर्देशन

ताप्लेजुङ । छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले अनिवार्य रुपमा तोकिएको स्थानमा गएर सेवा गर्न कोशी प्रदेशका स्वास्थ्य मन्त्री निर्मला लिम्बुले निर्देशन दिएकी छन् । प्रदेशका पहाडी जिल्लाहरूमा चिकित्सकको कमीका कारण सेवा प्रवाहमा समस्या भइरहेकाले छात्रवृति करारमा अध्ययन गरेका चिकित्सकहरू विभिन्न जिल्लामा खटाइएको भए पनि तोकिएको स्थानमा जान आनाकानी गरिरहेकोले तोकिएको स्थानमा गएर सेवा प्रवाह गर्न आग्रह गरेका हुन् । 

आज गृह जिल्ला ताप्लेजुङमा रहको जिल्ला अस्पतालको अनुगम गर्ने क्रममा बोल्दै मन्त्री लिम्बुले  उक्त कुरा बताएका हुन् । राज्यले निशुल्क दिएको औषधि जनताले सहज रुपमा पाउने व्यवस्था मिलाउन कर्मचारीहरूलाई आग्रह गरेकी छन् । स्वास्थ्य बिमा मार्फत जनताले सेवाको रुपमा पाउने औषधी उपचार पारदर्शी नभएको जनगुनासो आइरहेकोले जनताहरूलाई सहज रुपमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकी छन्

एक वर्ष अघिनै प्रदेश सरकारबाट ५० शैयाको अस्पताल बनाउनका लागि सेवा आरम्भ शिलान्यास गरिएको भएता पनि निर्माण कार्यले कुनै गति नपाएको जानकारी गराउँदै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष छिरिङ लामाले मन्त्री लिम्बुलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । 
 


प्रतिक्रिया दिनुहोस्