आफु जन्मेको जिल्लाको विकासको लागी मेरोपनि दायित्व छ, मनबाटै केहि गर्ने सोचि रहेको छु: डा.रुईत


ताप्लेजुङ । विश्वप्रसिद्ध पुरस्कार ईशा अवार्ड ग्रहण गरेपछि आफ्नै जन्म गाउँ फत्ताङलुङ आएर वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुईतले निशुल्क आँखा शिविर सम्पन्न गरेका छन् । उनको नेतृत्वमा रहेको चिकित्सक टोलीले शनिबार र आईतबार फत्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा शिविर गर्दै ७० जनाको आँखाको शल्यक्रिया सम्पन्न गरेको हो ।

शिविर पछि संचारकर्मी सँग कुरा गर्दै उनले शिविर एउटा बहाना मात्रै भएको आफुलाई सबै भन्दा ठुलो आफ्नो भिर पाखालाई हेर्ने अवसर भएको प्रतिक्रिया दिए ।

उनले भने,“ यो शिवर त मेरो लागि एउटा बहाना मात्रै हो । सबभन्दा ठुलो कुरो आफ्नो भिर पाखालाई हेर्न पाउँनु नै मेरो लागि अवसर हो । सुदुर पुर्वमा सरकारको आँखा पुगेको छैन यो ठाउँमा स्थानियलाई धेरै दुख छ । ताप्लेजुङ जिल्लामा तमोर,काबेली जस्ता नदि जस्ता राम्रो राम्रो खोलाहरु छन् । देश विदेशमा चिनिएको पाथिभरा, विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो कञ्चनजङघा हिमाल,यहाँको हिउँ चितुवा,रेड पाण्डा,ओलाङचुङगोलाको दिकिछ्योलिङ गुम्बा यस्तो कुराहरुलाई प्रवद्र्धन गर्नुपर्छ । यहाँको जनताको सुख शान्ति र आर्थिक विकासको लागि के कति सकिन्छ सबैले गर्नुपर्छ भन्ने कुरा साथै शिक्षा र स्वास्थ्यको क्षेत्रमा जनतालाई कसरि लिएर जाने भन्ने विषयले तानेर नै आफु आफ्नो जन्मस्थलमा आएको हुँ ।”

आफ्नो जन्मस्थान ओलाङचुङगोलामा आफु डाक्टर हुने वित्तिकै आएर एक महिना शिविर सञ्चालन गरेको समेत उनले सम्झे । साथै उनले भने,“आफु जन्मेको आफु हुर्केको ठाउँ सबैलाई माया लाग्छ, मलाईपनि त्यो मायाले तानेर ल्याउँछ । मलाई आफ्नो ठाउँमा बसेर गोला आफु जन्मिएको स्थानमा मात्रै नभई घुन्सा,याङमा,लेलेप,हेल्लोक,तापेथोक साथै समग्र ताप्लेजुङ जिल्लाको विकासका लागि आफ्नो केहि दायित्व छ भन्ने लाग्छ जिल्लाको लागि केहि गरौँ भन्ने मन भित्रैबाट सोचि रहेको छु ।”
साथै डा.रुईतले नेपालमा सेवाको पहुँच नै कमजोर रहेकोले सबै भन्दा पहिला सेवाको पहुँचको विस्तार गर्नको लागि नेटवर्ककिङ बनाउनुपर्ने तर्क गरे । “त्यसमा राज्यको स्वास्थ्य सेवा प्रभावविहिन नभएर प्रभावशाली र जनतामुखि हुनुपर्छ र ठाउँ ठाउँमा पुग्नुपर्छ । यस्तो राम्रो ठाउँमा तरुनो मान्छे जति देश बाहिर गएका र घरमा बुढाबुढी मात्रै पाईने स्थिति छ दुख लाग्छ । यस्तो राम्रो ठाउँ छ हामीले यो ठाउँलाई विश्वसामु पर्यटन क्षेत्रमा म्यापमा पुर्वि क्षेत्रलाई राख्ने ईच्छा रहेको छ ।”उनले भने ।


साथै उनले भने,“संसारका मान्छेहरु यहाँ आउन घुमुन यहाँका जनताले आर्थिक उर्पाजन गर्न पाउन जस्ले गर्दा शिक्षा स्वास्थ्य हरेक क्षेत्रमा सुधार हुँदै जान्छ । यो सबै हुनको लागि बाटो मेरोदण्ड हो । तमोर करिडोर अन्तरगत बाटो बन्दै छ । यो बाटोे दक्षिण देखि उत्तरी भाग जोड्ने नेपालको सबैभन्दा छोटो रोड हो ।यो तमोर करिडारलाई छिटो र राम्रो गरेर बनाउनु पर्छ । यो रोडलाई जतिसक्दो छिटो टिपताला र कञ्चनजङघा बेसक्याम्प पु¥याउनुपर्छ । सो रोड बनेपछि यहाँका मान्छेहरुको तिब्बतसँग उत्पादित सामाग्रि पु¥याउने र आवश्यकिय सामान ल्याउने व्यापारिक रुपमा अघि बढ्छ जस्ले गर्दा यस क्षेत्रका मानिसको आर्थिक रुपमा विकास हुन्छ ।”

डा. रुईतले अघि थपे राज्य चलाउने साथिहरु गोटि चलाउन मै व्यस्त छन् । राज्यमा भएका कतिपय नेता चै भिजन भएका छन् उनिहरुलाई अगाडी राखेर कुरा गर्नुपर्छ । निशुल्क आँखा शिविरको क्रममा आफ्नो जन्म गाउँ आएका डा.रुईतले ओलाङचुङ गोला नाकाको ईतिहास,चिन,भारत र बंगलादेश बिच व्यापारि रुपमा सम्बन्ध विस्तार गर्न सक्ने कुरा बताए ।

“नेपालको उत्तरी भागको जति पनि सिमा क्षेत्रको व्यापार छ जुन ओलाङचुङगोला भन्दा माथि ५० वर्ष भन्दा माथि ओलाङचुङगोला नाकाले लिड गरेको थियो । यो नाकाले विराटनगर,कोलकत्ता,दार्जिलिङ र कालेम्पुङलाई कनेक्ट गथर््यो । पछि गएर यो नाका पछि प¥यो यहाँका मान्छेले दुख पाए अनि बसाँई सरेर गए । अहिले पनि यो नाकाको सम्भावना अत्याधिक छ । एउटा जनताको हिसावले हाम्रा परराष्ट्र नीति हेर्ने नेताहरुलाई के अनुरोध गर्न चाहान्छु भने नेपाल र चिनको यस्ता यस्ता ठाउँमा राम्रो सम्बन्ध हुनु प¥यो । यहाँका मान्छेहरुले दुख पाउनु भएन । नेपाल चिनको असल मित्र हो त्यसैले यो सब कुटनीतिक हिसाबले सम्भव छ । उहाँहरुले पनि हामीलाई त्यहि अनुसार सहयोग गर्नु हुनेछ । पर्यटकीय क्षेत्रको रुपमा भारत सँगै भुटानलाई जोड्न सक्छौ । असाध्यै पवित्र स्थल पाथिभरा अलिक जनताको आँखामा परेर जनताहरु आउँछन् अन्य क्षेत्रलाई पनि अब प्रचार गर्न आवश्य छ ।” डा. रुईतले भने ।

नेपालको पुर्वि र मध्यपुर्वि भागको साथिहरुलाई बसन्तपुरसम्म आएर गुराँस हेर्ने,त्यस्पछि ताप्लेजुङ आएर यहाँका पर्यटकीय स्थल हेर्ने र तमोरमा ¥याफटिङ गर्ने, गुफापोखरी,अमरपुर फिदिम,फालेलुङ डाँडा सबै सुन्दर रहेकोले यी सबै स्थानलाई एक्सप्लोर गर्नुपर्ने आवश्यकता औँल्याए ।

साथै उनले आफ्नो बिगत सम्झिदै भने,“ म आफुलाई बुबाले पढ्न दार्जिलिङ लाँदा म सात वर्षको थिए १५ दिन हिडेर पुगेका थियौँ । गोलमा उतिबेला बस्ति बाक्लो थियो अहिले बसाँईसराई हुने क्रम बढ्दो रहेको छ यसलाई रोक्न गाडीको बाटो लानुपर्छ र चिनसँगको सम्बन्धमा राज्यले एकदम चासे दिनुपर्छ ।

जनतालाई सेवा सुविधा दिनुप¥यो । पर्यटकिय रुपमा विश्वसामु प्रचार प्रसारलाई महत्कासाथ अघि बढाउनु प¥यो ।” आईतबार शिविर सकेर डा.रुईत आफु जन्मेको स्थान ओलाङचुङगोला लागेका छन् । सो शिविर फत्ताङलुङ गाउँपालिका र तिलगंगा आँखा अस्पतालको संयुक्त आयोजनामा भएको थियो भने शिविरमा २ हजार पाँच सय जनाको आँखा परिक्षण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्