उनि त जिउँदा भगवान रहेछन्

एलिना दियाली

ताप्लेजुङ । हामी भगवान भगवान भनेर मन्दिर धाउँछौँ । तर हामीले अहिलेसम्म भगवानलाई प्रत्यक्ष आँखाले देखेका छैनौं । तर हालसम्म १ लाख ३० हजार भन्दा बढि मानिसको आफ्नै हातले शल्यक्रिया गरेर संसार देखाउन सफल डा. सन्दुक रुईतलाई धेरैले जिउँदो भगवानको संज्ञा दिन्छन् । यस्तै दृश्य आईतबार फत्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा देखियो । विश्व प्रख्यात ईशा अवार्ड थापे लगत्तै आफ्नो जन्म भुमिमा निशुल्क आँखा शिविर सञ्चालन गर्न आईपुगेका रुईतलाई उपस्थित बिरामीले आफ्नो आँखाले फेरि संसार देख्न पाएकोमा खुसि हुँदै भगवानको दर्जा दिए ।

फत्ताङलुङ गाउँपालिका ४ बिपुथापका ६८ वर्षिय भिम बहादुरले शल्यक्रिया पछि हातमा बाँधेको घडि हेरे । समय पनि बताए । अनि आफुले आँखा देखेपछि खुसि हुँदै भने भगवान रहेछन् । बाआमाले जन्म दिए आँखा बिग्रियो डाक्टरले बनाई दिए उनि त जिउँदा भग्वान हुन् । मेरो धेरै आशिर्वाद छ । उनि त्यति मै रोकिएनन् खुसिले फुरुङ्ग भएर थपे फेरि छ्याङ्गै देखियो पहिलेको जस्तै देखियोे अहिले ९ बजेर १५ मिनेट गएछ । मेरो जिवन बदलियो म बदलिए जवान भए उनले खुसि व्यक्त गरे ।

तपाई सोच्नुस त देख्दै गरेको आँखाको दृष्टि गुम्नु । नजिकै अस्पताल नहुनु । यातायातको सहज पहुँच नहुनु । धेरै खर्च गरेर ठुला र महँगो अस्पतालमा गएर उपचार गर्न नसक्नु । यति हुँदा हरकोहीको जिन्दगी कस्तो होला केवल हामी अनुमान गर्न मात्रै सक्छौँ । यसको पिडा कति हुन्छ भन्ने कुरा त स्वयम भोग्नेलाई मात्रै थाहा हुन्छ ।

यस्तै अवस्थामा गुज्रि रहेका थिए फत्ताङलुङ गाउँपालिका वडा नम्बर ७ घुन्साका नुपु शेर्पा । देख्दै गरेको आँखामा समस्या आयो अलि अलि गर्दै उनको आँखाको दृष्टि कम हुँदै गयो ।सडक सञ्जालले अहिलेसम्म नजोडिएको नुपुको गाउँबाट तिन दिनको पैदल यात्रामा सदरमुकाम आईपुग्ने भएकोले उनले समय मै अस्पतालसम्म आउन पाएनन् । उपचार नपाएर नै उनको आँखाको दृष्टि गुम्यो । दाहिने आँखाको दृष्टि गुमेपछि उनलाई एकदमै असहज भयो ।

तरपनि उपचारमा जाने कुनै उपाय नभएपछि उनि युवा अवस्थामै एउटा आँखाको भरमा कठिनका साथ जिवनलाई गुजारि रहेका थिए । गाउँपालिकाले फागुण ८ गतेबाट निशुल्क आँखा शिविर सुरु ग¥यो । घुन्सा,फले,याङमा,ग्याब्ला,ओलाङचुङगोला अझैसम्म सडक सञ्जालसँग जोडिएको छैन । पालिका र तिलगंगा आँखा अस्पताल काठमाडौंको संयुक्त आयोजनामा भएको शिविरमा शिवर सञ्चालनका लागि दुई दिनको यात्रामा स्वास्थ्यकर्मीको टोली घुन्सा पुग्यो ।

प्राकृतिक रुपमा अत्यन्तै सुन्दर भएर पनि शिक्षा,स्वास्थ्य, यातायात,सञ्चार लगायत हरेक क्षेत्रमा पछाडी परेको यी स्थानमा शिविर सञ्चालन हुँदा स्थानिय हर्षित भए । घुन्सामा भएको शिविरमा नुपु पनि गए । चिकित्सको परिक्षण पछि बल्ल उनले आफ्नो आँखा मोतिया विन्दु भएर दृष्टि गुमेको थाहा पाए । त्यस्पछि उनि दुई दिनको पैदल यात्रामा पालिकाको केन्द्र आए । २० गते डा.सन्दुक रुईत सहितको टोलीले शल्यक्रिया पछि २१ गते उनको आँखाको टाली खोलियो । उनले फेरि पहिलेको जस्तै आँखा देखे । उनिले खुसिले हर्षविभोर हुँदै आँखाबाट आँशु खसाल्दै भने यो खुसि मेलै शब्दमा व्यक्त गर्न सकि रहेको छैन् । यति भने डाक्टर र पालिकालाई धेरै धन्यवाद ।

नुपुको मात्रै होईन फत्ताङलुङ गाउँपालिका लुङथुङका चुङदा शेर्पाको पनि पिडा उस्तै थियो । ८३ वर्षसम्म दुबै आँखाले मज्जाले हेरेर जिन्दगी चलाई रहेका चुङदाको तिन वर्ष अघिबाट आँखाको दृष्टि गुम्यो । के कारणले आँखा देख्न छोडे भन्ने कुराको उनलाई हेक्का नै भएन । होस पनि कसरी कहिँ कतै कुनै अस्पतालमा जाँच गर्न जान सकेनन् ।

उनि पनि नुपुको जस्तै एउटा आँखाको भरमा जिन्दिगी चलाई रहेका थिए । उनको पनि सो शिविरमा मोतिया विन्दु भएको चेकजाँचका क्रममा पत्ता लागेपछि शल्यक्रिया गरियो । फेरि उनले तिनवर्ष अघिकोे जस्तै आँखा देख्न सक्ने भए । उनले भने,“ मेलै पहिले जस्तै आँखा देख्न सक्ने भए । गाडी पनि नपाउने आफुसँग पैसा पनि नहुने के भएर यस्तो भयो भन्ने थाहा थिएन । मेरो जिन्दगी अब फेरि दुबै आँखा नदेखि जान्छ भन्ने थियो तर आज देख्न पाउँदा एकदम खुसि छु ।”

उनिहरु त प्रतिनीधि पात्र मात्रै हुन् । गुमेको आँखाको दृष्टि फेरि उस्तै गरि आएपछि सबै बिरामी हर्षित थिए । अप्रसेशन पछि बिरामीहरुको आँखाको सुरक्षाको लागि बाँडिएको कालो चस्मा लगाएका बिरामीहरुले डा.रुईतको टोली सहित पालिकालाई धन्यवाद दिँदै धनगढीको बसमा आउँदा मलाई ल्याईदिनु चट्ट कालो चस्मामा नाचेर खुसि मनाएका थिए ।

पालिका र तिलगंगा आँखा अस्पताल काठमाडौंको संयुक्त आयोजनामा भएको शिविरमा २५ सय जनाको आँखा परिक्षण गरिएको थियो भने ७० जनाको आँखाको शल्यक्रिया गर्नुका साथै जटिल प्रकृतिका ४ जनालाई तिलगंगा आँखा अस्पताल काठमाडौं रेफर गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्