वाईसिएल नेपाल ताप्लेजुङद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र

ताप्लेजुङ । नेकपा माओवादी सम्वद्ध युवाहरुको संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल ताप्लेजुङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

समसामयिक विषयवस्तु माथि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङलाई मंगलबार ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा नेपाली जनताको अथक संघर्ष र बलिदानबाट प्राप्त संविधान संघिय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध केही अमुख शक्तिहरुले केही दिन यता अस्वभाविक तरिकाले गरिरहेको गतिविधिप्रति संगठनको ध्यानाकर्षण भएको जनाएको छ । साथै त्यस्ता षड्यन्त्रकारी व्यवस्था विरोधी अराजक अस्वाभाविक गतिविधिहरुको नियन्त्रण गरि संविधानको रक्षा, विकास र व्यवस्थाको सुदृढिकरणका लागि सरकार समक्ष माग गरेको छ ।

त्यस्तै शान्ति प्रक्रियाका बाँकी कामहरुको निरुपण गर्न द्धन्द्धकालिन घटनाबाट पिडित नागरिक एव्म उनका परिवारलाई न्यान दिन आवश्य विद्येयक निर्माण गरि विस्तृत शान्ति सम्झौता र संविधानको भावना र मर्म अनुसार तार्किक निष्कर्षमा पु¥याउन समेत वाईसिएलले माग गरेको छ ।

संगठनको जिल्ला ईन्चार्ज होमकुमारी दियाली, संयोजक कैलाश माबो र सचिव सुधीर सावादेनद्धारा हस्ताक्षरति विज्ञप्तीमा विभिन्न आन्दोलनमा सहाद्धत प्राप्त गर्ने योद्धाहरुलाई राष्ट्रिय सहिद घोषण गरि उनिहरुको परिवारलाई सम्मानित वातावरणमा बाँच्न सक्ने गरि उचित राहत र क्षतिपुर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराईएको छ ।

साथै देशको अर्थतन्त्र चरम संकटमा परेकाले उद्योगी व्यापारीहरु धरापमा परिरहेको,ऋणिहरुलाई अनावश्यक दवाव सृजना गर्ने घरवार विहिन बनाई आत्माहत्या गर्न बाध्य बनाई रहेको,मिटर व्याजीहरु सलबलाई रहेकोले यी कुराको रोकथाम गरि अर्थतन्त्रलाई मजवुद बनाउन,सरकारका विभिन्न निकायमा भई रहेको भ्रष्ट्रचार,घुसखोरी,अनियमितता र ढिला सुस्तिहरुको नियन्त्रण गरि सुशासन कायम गर्न समेत ज्ञापनपत्रमा प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको छ ।

आज देशका ७७ वटै जिल्लामा वाईसिएलले एकैसाथ प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको र सोही अन्तरगत ताप्लेजुङमा पनि ज्ञापन पत्र बुझाईएको संयोजक माबोले बताए ।

विज्ञप्ती हेर्नुस:


प्रतिक्रिया दिनुहोस्