प्रथम उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगितामा आठराई त्रिवेणी विजयी

लोकेन्द्र लिम्बू “लोकेश”

ताप्लेजुङ। ताप्लेजुङमा जारी प्रथम उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले चुमेको छ । बुधबार भएको फाईनल खेलमा फुङलिङ नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै आठराई त्रिवेणीले उपाधि चुमेको हो ।

विजेता भएसँगै आठराई त्रिवेणीले एक लाख ११ हजार रुपैँया सहित ३ वर्षे रनिङ कप,ट्रफी, र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता भएको फुङलिङले ५५ हजार ५०० रुपैँया सहित प्रमाणपत्र प्राप्त गरेको छ । रनिङ कप १ सय तोला चाँदी र आधा तोला सुन जडित हुने आयोजकले जनाएको छ। प्रतियोगितामा आयोजक फुङलिङ नगरपालिका सहित सिदिङ्वा गाउँपालिका, सिरिजङ्घा, आठराई त्रिबेणी, मेरिङ्देन, मिक्वाखोला, पाथीभरा याङ्वरक र फक्ताङ्लुङ गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

विजेता बनेको आठराई त्रिवेणी गाउँपालिका सेमिफाईनल खेलमा सिरिजङ्गा गाउँपालिकालाई ५–१ गोलको अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो भने उपविजेता भएको फुङलिङ नगरपालिका मेरिङदेन गाउँपालिकालाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै विद्यागत पुरस्कार तर्फ बेष्ट प्लेयरमा आठराई त्रिवेणीकी अनुसा आङ्बुहाङ, बेष्ट डिफेन्डरमा फुङ्लिङकी अनुस्का थेबे, मिडफिल्डरमा आठराई त्रिवेणीकी रेश्मा थलङ, किपिङमा आठराई त्रिवेणीकी एलिसा लिम्बू, फर्वाडमा फुङ्लिङकी सुजता पालुंवा बनिन् भने उदयमान खेलाडीमा फुङ्लिङकी विनिता खवास घोषित हुँदै नगद सहित सम्मानित भए ।

त्यस्तै फुङलिङ नगरपालिकाकी अनुस्का थेबेलाई श्रीलङकामा भएको १४ वर्ष मुनिको फुटबल खेलमा विश्वसामु जिल्लासँगै देशको गरिमा उच्च बनाउन योगदान गरेकोमा सम्मान गरिएको छ । फुङलिङ नगरपालिका स्थित भानुजन माध्यमिक विद्यालयमा नारी दिवसको अवसरमा भएको फुटबलको समापन कार्यक्रममा एसईईमा उत्कृष्ट अङ्क हाँसिल गर्ने भानु माविकी कृष्टिना पौडेललाई र निजी विद्यालयको छात्रातर्फ उत्कृष्ट अङ्क हाँसिल गरेकी लिटल बुद्ध अंग्रजी विद्यालयकी रुपा गुरुङलाई समान ३÷३ हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961