भेटिएन कोठा 

प्रमिला भण्डारी

आन्टी, कोठा खाली छ ? जवाफ आउँछ ‘पाउँदैन ।’ यति मात्र कहाँ होर ? ‘यता वरिपरि त खाली छैन नि !’ आजकल कोठा खाली नै हुदैँन । कोठा खोज्न काठमाडौँमा अध्ययनरत एक विद्यार्थीको दैनिकी जस्तै भएको छ ।

विगत ५/६ महिना भयो काठमाडौंमा कोठा खोज्न लागेको उपत्यकामा १/२ कोठा पाउनु भनेको त भगवान भेट्नु बराबर भएको उनी बताउँछिन् । उनी भन्छिन्,  ‘बानेश्वर ‘एरिया’ भन्दा भक्तपुर एरियामा कोठामा पाउन केही सहज र भाडा पनि केही सस्तो हुन्छ सोचेर महिनौँ दिनदेखि कोठा खोज्न भौँतारिएको तर  कोठा पाइएको छैन । बाश्नेवरमा पनि कोठा नखोजेको भने होइन । तर, बानेश्वरमा घरबेटीहरुले एउटै कोठाको भाडा ८ देखि ११ हजारसम्म भन्छन् । एउटै कोठाको यत्ति धेरै भाडा तिर्न हामी जस्तो मध्यवर्गीय परिवारका सदस्यको बसमा छैन् ।’

‘खाली कोठा फेला पार्नै गाह्रो छ, फेला परे पनि कतै भाडा अचाक्ली गर्छन त कतै आफूलाई पायक पर्दैन ।’ उनी भन्छिन्, ‘कक्षा १२ सम्मको पढाई सकिसकेपछि स्नातक तह पढ्न काठमाडौं आएको मलाई उपत्यकामा कोठा पाउन यत्ति सास्ती भोग्नुपर्छ भन्ने के थाहा ।’

उनी दुख मिसिएको भावमा अघि भन्छिन्, ‘परिवार र आफ्ना हजारौँ सपना बोकेर काठमाडौं आएको एक साधारण परिवारको व्यक्ति म । संघर्ष गर्न पछि पर्ने मान्छे त होइन म तर, पनि पैसा तिरेर आफू बस्ने बासको खोजीमा दिनै भतारिनु पर्दा कहिले कँही आफ्नै सपनाले गिजाँए जस्तो लाग्छ ।  आफ्नो एक मुठी सपना यहीँ काठमाडौँको धुलोसँगै उडेजस्तो लाग्छ ।’

यसरी आफूले कोठा खोज्न थालेको ५/६ महिना दिन बितिसकेको उनी बताउँछिन् । ‘पहिले जस्तो घर/घर डुलेर कोठा भेटिने अवस्था छैन, कोठा खाली भएपनि विद्यार्थी हो भन्नसाथ घरबेटी भाडा कसरी तिर्छौ त भनेर खाली छैन भन्छन् । अविवाहित केटा वा केटी, गाउँबाट आएका विद्यार्थी र श्रमिकलाई हत्तपत्त घरबेटीले कोठै दिँदैनन् । धेरैले कुन जातको हो भनेर पनि सोध्छन् । विद्यमान रुढीवादी सोचका कारण अझै दलित तथा मधेसी मूलका व्यक्तिले कोठा पाउन सास्ती व्यहोर्नु पर्ने अवस्था छ । अझ पछिल्लो समय बनेका नयाँ घर लिभिङ रुम, बेड रुम, किचेन सहितको फ्ल्याट सिस्टमका छन् । यी घरहरूमा एउटा वा दुई वटा कोठा मात्रै छुटाएर भाडामा दिदैँन् ।’

काठमाडौमा कोठामा खोज्दै भौँतारिएहरुको संख्या दिन दिनैँ बढ्दो रहेको छ । उनीहरुमध्ये सबैभन्दा बढी सास्ती एउटा कोठा खोज्नेले भोग्नुपर्छ । सामान्य वर्गका मानिसहरुले पुरै फ्ल्याटको भाडा तिरेर बस्न सक्दैनन् । उनी भन्छीन् ,’कोठा खोजिदिने दलालको पनि पछि नलागेको होइन म तर, दलाल लिने कमिसन सुनेर पछि हट्न बाध्य भए । कोठा वा जागिर खोजिदिने एजेन्टहरुले सुरुमा कुनैले ३००/५०० रुपैैयासम्म असुलेर फर्म भराउँछन् । त्यसपछि कोठाहरु देखाउँछन् । कुरो मिले ३ देखि ५ हजार रुपैयाँसम्म कमिसन लिन्छन् । महिनौंदेखि कोठा खोज्दा नपाएर आजित भएका उपभोक्ता यति रकम तिर्न हिच्किचाउँदैनन् । कोठा खोज्नेको संख्या कति छ भन्ने बुझ्न यी एजेन्टको अफिस पुग्दा प्रष्ट हुन्छ ।’

उपत्यका जस्तो ठाउँमापढ्दै गरेका विद्यार्थीले यसो उसो गरेर जागिर नै गरेपनि पाउने तलब भनेको त्यही १० देखि १५ हजार हो । कोठाभाडाको नियमन–नियन्त्रण गर्ने कुनै सिस्टम छैन । त्यसैले घरबेटीले मागे जति भाडा दिन डेरावालाहरु बाध्य छन् । कोठाकै भाडा उठाएर आफ्नो घर–व्यवहार चलाउँदै आएका घरबेटीले भाडा पनि छोटो समयमा बढाइरहन्छन् । अलि सेन्टर ठाउँमा एउटै कोठाको मासिक भाडा ८–१० हजारसम्म भन्न थालिएको छ । अझ घरबेटी वर्षैपछि भाडादर बढाउदै लग्छन् त्यसपछि १/२ वर्ष भाडा झन झन मंहगो भएर हामी आफै नै कोठा छाड्न बाध्य हुन्छौँ । फ्ल्याटको भाडाको त झन् के कुरा । 

सरकारले घरभाडा सम्बन्धी स्पष्ट नीति बनाउँन नसक्दा चर्को  भाडा तिर्न मानिसहरु बाँध्य छन् । हालसम्म कोठाभाडा कति तिर्ने ? भाडामा बस्दा वाहालमा बस्नेलाई दिने सेवासुविधा के–के हुन ? भन्ने विषयमा अहिले पनि अन्यौलता कायमै छ । जसको मारमा आज बाहिर जिल्लाबाट उपत्यकामा बस्नेहरुले सबैभन्दा बढी सास्ती बेर्होदै आएका छन् ।

यस्तै, अर्का एक विद्यार्थीको दुख पनि उस्तै छ  । उनि कक्षा १० उर्तिण भएपश्चात उच्च शिक्षा हासिल गर्न काठमाडौ पसे । उनि भन्छन्, ‘सुरुका ती दिन सम्झदाँ नै मन भारी भएर आउँछ । यसै त बुबा आमाको साथ छोडेर पढाईका लागि भनेर सहर पसियो । बुबा आमासंग टाढा हुनुको पिडा त मनमा छदैँ थियो त्यसमाथि कोठा न पाएर काठमाडौंका गल्ली गल्ली भौँतारिनुको पिडा पनि थपियो ।’  

कोठा खाली छ? यता कतै कोठा खाली छ होला ? भनेर प्रश्न गरेर हिड्नु मेरो दैनिकी जस्तै भएको थियो । कोठा खोज्ने क्रममा भेट्एिका प्राय सबैजसो घरधनीहरुको प्रश्न उस्तै नै हुन्थ्ये । ‘एक दिन कौशलटारको भित्रि एरियातिर पुगेको थिए । मेरो उहीँ, यहाँ कोठा खाली छ होला ? भन्ने प्रश्नमा उत्तरसंगै घरधनीले धेरै प्रश्नहरु मेरा अघि तेसाईदिनु भयो । कोठा खाली त छ । तर, कति जना हो बस्ने ? घर कहाँ ? कुन जातको तपाईँ ? ए,विद्यार्थी पो हो । विद्यार्थी मान्छे कसरी तिर्नु्हुन्छ भाडा ? यी प्रश्न त्यहाँसम्म आईपुग्दा मेरा लागि कुनै नौला त थिएन् तर, पनि खोई त्यो दिन विद्यार्थी मान्छे कसरी तिर्नु्हुन्छ भाडा ? भन्ने प्रश्नले मन खै किन भारी भएर आयो । आँखाबाट भत्किन खोजेको गंगासागरलाई आखैँमा समेटी मनमनै साचे हामी उहाँहरु भन्दा गरिब पक्कै छौँ तर बेइमान त छैनौ । हामीसंग कराडौ पैसा त नहोला तर पनि घरभाडा नै नतिरि त पक्कै भाग्दैनौ होला ….यस्तै यस्तै ….!’

बल्ल तल्ल महिनौ घर घर धाएर कोठा पाए । बसेको वर्षदिन दिन हुन नपाउँदै घरवेटीले मन लागि भाडा बढाउछन् । भाडा त सारै महंगो भयो नि ? भनेर प्रश्न गर्यो घरवेटीले कोठा छोडेर जाने धम्की दिन्छन् । अब हाम्रो यस्तो समस्या कसलाई लगेर सुनाउने ?

सम्बन्धित निकाय वा नगरपालिकाहरुले नै निश्चित क्षेत्रका घरहरु वा भाडामा दिएका घरहरुको सही निरिक्षण गरेर उचित भाडादर तोकिदिएपनि विभिन्न शिलशिलामा बाहिर जिल्लाबाट उपत्यकामा बस्न आउने हामीहरु जस्तो मध्यवर्गीय परिवारका सदस्यहरुलाई कति धेरै सहज हुने उनि बताउँछन् । हाम्रो देशका निकायहरुबाट यस्तो निति नियमको अपेक्षा गर्नु भनेको त आकाशमा दिनमै तारा देख्नु बराबर हो भन्दै उनि खित्त हास्छन् ।

घर बहालसम्बन्धी मुलुकी ऐनमा के छ कानुनी व्यवस्था ?

मुलुकी देवानी संहिता २०७४ को परिच्छेद–९ मा घर बहालसम्बन्धी कानुनी व्यवस्थाबारे उल्लेख गरिएको छ । ‘कसैले आफ्नो हक, भोग वा स्वामित्वमा रहेको घर रकम लिने गरी निश्चित समयको लागि कुनै व्यक्तिलाई उपयोग गर्न दिएकोमा बहालमा दिएको मानिने र घर भन्नाले कुनै घर, घरको तल्ला, एकाई, कोठा वा त्यस्तो घरले चर्चेको जग्गा वा लगापातसमेत सम्झनुपर्छ’ भन्ने व्याख्या कानुनले गरेको छ ।

कसैले पनि स्वास्थ्य र सुरक्षाको दृष्टिले बसोबास गर्न उपयुक्त नदेखिएको घर बहालमा दिन वा लिन हुँदैन । गोदाम, पशुपालन, भण्डार, शीत भण्डारजस्ता गैरआवासीय प्रयोजनको घरको गुणस्तर घर बहाल सम्झौतामा उल्लेख गरे बमोजिम हुने व्यवस्था कानुनमा छ ।

घर बहालको अवधि
सामान्य अवस्थामा घर बहालको अवधि पाँच वर्षमा नबढाई राख्नुपर्ने व्यवस्था छ । तर, व्यापारिक प्रयोजनका लागि घर बहाल दिएकोमा सम्झौतामा उल्लेख भए बमोजिम गर्न सकिने व्यवस्था छ । घर बहालको अवधि प्रथम पटक समाप्त भएपछि घरभेटी र भाडावालको सहमतिमा अवधि पटक–पटक थप गर्न सक्ने व्यवस्था छ ।

कुनै व्यक्तिले घर बहालमा दिँदा लिने व्यक्तिसँग लिखित सम्झौता गर्नुपर्ने व्यवस्था कानुनले गरेको छ । यस्तो सम्झौता गर्दा घर बहालमा लिने र दिने व्यक्तिको पूरा नाम र ठेगाना, नागरिकता नम्बर र विदेशी भए राहदानी वा परिचय खुल्ने प्रमाणपत्रको नम्बरलाई आधार मान्न सकिने उल्लेख छ । त्यस्तै, घर रहेको ठाउँ र जग्गाको कित्ता नम्बर, बहालमा लिने प्रयोजन, बहाल सुरु हुने मिति, बहाल कायम रहने अवधि, मासिक बहाल रकम, बहाल बुझाउने समय र प्रक्रिया, घरमा प्रयोग हुने विजुली, खानेपानी, टेलिफोन आदिको महसुल बुझाउने दायित्व, घर बहाल कर भुक्तानी गर्ने कुरा, बहालमा लिएको घरको बीमा गर्नुपर्ने भए सोसम्बन्धी कुरा, बहालमा लिएको घर छाड्ने र बहालमा बसेको व्यक्तिलाई हटाउने सकिने अपवादसम्बन्धी कुरा, बहालमा लिएको घर अन्य व्यक्तिलाई बहालमा दिन पाउने वा नपाउने कुरा र अन्य आवश्यक कुरा सम्झौतामा उल्लेख गर्नुपर्ने हुन्छ ।

मासिक २० हजार रूपैयाँसम्मको घर बहालमा लिँदा वा दिँदा बहाल लिने व्यक्तिसँग लिखित सम्झौता गर्नु पर्दैन । सम्झौताको लिखतमा बहाल बस्ने व्यक्तिको फोटो टाँस गर्नुपर्ने, कम्पनी भए कम्पनीको छापसमेत लगाउनुपर्ने प्रावधान छ । बहालमा लिने–दिने व्यक्ति र दुवै पक्षका कम्तीमा दुई जना साक्षीको सहीछाप गरी त्यस्तो लिखतको एक–एक प्रति घरभेटी र भाडावालले प्रमाणस्वरूप राख्नुपर्ने व्यवस्था छ।

घरधनीको दायित्व
घर बहालमा दिने घरधनीले बेहोर्नुपर्ने दायित्वसम्बन्धी व्यवस्था पनि कानुनले गरेको छ । जसअनुसार बहालमा बस्ने व्यक्तिलाई सम्झौताबमोजिम घर उपयोग गर्न दिनुपर्ने, सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक बहालमा दिएको घरमा उपलब्ध भएसम्म पानी र बिजुलीको आपूर्ति, ढल निकास र सरसफाइको व्यवस्था गर्नुपर्ने, बहालमा बस्ने व्यक्तिलाई त्यस्तो घरमा बस्ने अन्य व्यक्तिबाट असुरक्षा, हैरानी वा अशान्ति हुनबाट रोक्नुपर्ने, सम्झौतामा उल्लेखित सम्पूर्ण कुरा पालना गर्नुपर्नेलगायत छन् ।

बहालमा लिने व्यक्तिको दायित्व
घर बहालमा लिने व्यक्तिले पनि कानुनले तोके बमोजिमको दायित्व पालन गर्नुपर्ने व्यवस्था कानुनमा छ । जसमा निर्धारित समयमा घरधनीलाई बहालको रकम भुक्तानी गर्नुपर्ने, बहालमा लिएको घर आफ्नो घरसरह मानी सरसफाइ, हेरचाह, संरक्षण गर्नुपर्ने, आफू बहालमा रहेको घरका अन्य व्यक्ति वा छिमेकीलाई अशान्ति, हैरानी वा असुरक्षा हुने जस्ता कुनै काम गर्न नहुने, सम्झौतामा उल्लेख भएका शर्तको पालन गर्नुपर्नेलगायत कुरा उल्लेख छ ।

घरधनीले बहालमा बस्नेसँग मासिक भाडाबाहेक विभिन्न शीर्षकमा पैसा असुल्ने गरेका छन् । तर, देवानी संहितामा कर तथा अन्य दस्तुर बुझाउने दायित्व पनि तोकिएको छ । दुई पक्षले सम्झौता गर्दा अन्यथा उल्लेख भएकोमा बाहेक कानुनबमोजिम बहालमा दिएको घरको लाग्ने कर लगायतका दस्तुर बुझाउने दायित्व घरधनीकै हुनेछ ।

घरधनीले समयमा कर नबुझाए बहालमा लिनेले पनि त्यस्तो कर वा दस्तुत बुझाउन सक्नेछ र घरभाडामा समायोजन गर्न सक्ने व्यवस्था छ । यस्तै औद्योगिक वा व्यावसायिक प्रयोजनका लागि घर बहालमा लिने व्यक्तिले त्यस्तो घरको सुरक्षाको लागि घरको बीमा गराउनु प्रावधान तोकिएको छ ।

ऐनअनुसार बहालमा लिएको व्यक्तिले बहालमा बस्दा शर्त बमोजिम काम नगरेमा, बहालमा लिएको घरको सरसफाई, संरक्षण वा सुरक्षा नगरेमा वा निजले बहालमा बस्ने अन्य व्यक्ति वा छिमेकीलाई हैरानी, दुःख वा अशान्ति हुने कुनै काम गरेमा बहालमा दिने व्यक्तिले निजलाई जुनसुकै बखत घरबाट हटाउन सक्ने व्यवस्था पनि ऐनमा छ ।

यस्तै बहालमा बस्नेले घरधनीसँगको स्वीकृतिबिना घरको कुनै संरचना भत्काउन, हटाउन, बिगार्न वा घरमा कुनै भाग थप गर्न वा अन्य कुनै किसिमले हेरफेर गर्न नपाउने भनिएको छ । बहालमा लिएको व्यक्तिले घरधनीलाई कुनै नोक्सानी पुर्‍याएमा घरधनीले बहालमा बस्ने व्यक्तिबाट आफूलाई परेको नोक्सानीको क्षतिपूर्ति भराउन सक्ने प्रावधान पनि छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961