समाजवादको यात्रामा कालीगण्डकी गाउँपालिका

राजेन्द्र न्यौपाने

स्याङ्जा । दोस्रो संबिधान सभाबाट जारी ऐतिहासिक संबिधान २०७२ ले राज्यको पुर्नसंरचना गरि मुलुकलाई ७ वटा प्रदेशमा बिभाजन गरे पश्चात गण्डकी प्रदेशको सुदुर पश्चिम स्याङ्जामा अबस्थित कालिगण्डकी गाउँपालिका स्थानीय निकाय पुनर्संरचना आयोगले साबिक श्रीकृष्णगण्डकी, बिर्घा, आलमदेबी र चण्डीभञ्ज्याङ गाबिस मिलाएर बनाईएको हो । यसको जनसंख्या २१७२८ (२०६८ को जनगणना अनुसार ) छ भने क्षेत्रफल ७३.५१ वर्ग कि.मि. छ।

पुर्ब तर्फ गल्याङ नगरपालिका उत्तर तर्फ गल्याङ नगरपालिका, गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गाउँपालिका, पश्चिम तर्फ पाल्पा जिल्लाको तानसेन नगरपालिका र दक्षिणतर्फ बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका यति चार किल्ला भित्र कालिगण्डकी गाउँपालिका रहेको छ ।

यस पालिकाको केन्द्र साविकको विर्घा गा.वि.स. गहलाममा रहेको छ । पालिकाको कुल क्षेत्रफल ७३.५१ वर्ग कि।मि। र हाल वडा सँख्या ७ रहेका छन् ।

गण्डकी प्रदेश स्थित स्याङ्जा जिल्लामा रहेको कालिगण्डकी गाउँपालिकाको आफ्नै लोगो, झण्डा र पालिकागान रहेको छ । देशमा रहेका ७५३ वटा पालिकामा कसैका लोगो छन्, कसैका गान रहेका छन् भने कालिगण्डकी गाउँपालिकाको भने लोगो, झण्डा र गान रहेको पाइएको हो । गाउँपालिका महासँघका अनुसार कालि गण्डकी गाउँपालिका नेपालमा उदाहरणीय रहेको छ । समाजवादको यात्रामा रहेको उक्त गाउँपालिकाको अनुकरणीय कार्यको अध्ययन अवलोकनका लागि प्रदेशका ४० भन्दा धेरै पत्रकारहरु एकसाथ कालिगण्डकी पुगेका छन् ।

गाउँपालिकाले सुख्खा जमिनको प्रयोग गर्ने र उत्पादन लिने उदेश्यले स्थानीय प्रविधि र जनशक्तिको प्रयोग गरी जग्गा भाडामा लिएर ड्रागन खेती गरेको छ । न्यूनतम विजुली महसुल निशुल्क गरेको छ । गाउँमा अस्पताल सञ्चालनमा ल्याएर निशुल्क उपचार गरेको छ । गाउँमा बच्चा जन्मने वित्तिकै स्वास्थ्य विमा गरेको छ । कुनैपनि नागरिक उपचार अभावमा चन्दा सङ्कलन गर्न जानुपर्ने वा उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन नागरिकको उपचार जिम्मा पालिकाले लिएको छ ।

विद्यालयमा पूर्ण निशुल्क शिक्षा प्रदान गरेको छ । पालिकामा नीजि विद्यालय तर्फ विद्यार्थीहरुको आकर्षण अत्यन्त न्युन रहेको छ भने कतिपय नीजि विद्यालयहरु बन्द भएका छन् । विद्यालय क्षेत्रमा फूलखेती गर्ने, प्राविधिक धारको शिक्षा लागु गरी उत्पादनसँग जोड्ने कार्य भइरहेको गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले बताएका छन् । स्थलगत अवलोकनका क्रममा समेत थापाका भनाइहरु पुष्टि भएका छन् । पर्यटन क्षेत्रका प्रचारप्रसारका लागि पालिका भित्रका रहेका सातवटै वडामा पूर्वाधारहरु खडा हुन थालेका छन् । घरवास कार्यक्रमहरु सञ्चालनमा आउन थालेका छन् भने यहाँको स्थानीय सँस्कृतिहरुको उजागर र सँरक्षणको थालनी भएको छ । खानेपानीको आपूर्तीका लागि लिफ्टिङ प्रणालीहरु जडान गर्ने गतिविधि अघि बढेका छन् । पालिकाको यस अघिका असल अभ्यासका कारण जनप्रतिनीधिहरु पुन निर्वाचित भएका छन् । पालिकामा भएका असल अभ्यासहरुले समाजवादको यात्रा तय गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्