ताप्लेजुङमा बढ्यो स्ववियु निर्वाचनको चहलपहल

देबेन्द्र बानियाँ

विद्यार्थी आन्दोलन एक महत्वपूर्ण उपलब्धिका रुममा लिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुन अब तीन दिन बाँकी छ । १४औं वर्ष सम्म हुन्न नसकेको निर्वाचन आगामी चैत ५ गते हुँदै छ । मिनी संसद्को रूपमा हेरिने स्ववियु निर्वाचनको अनिश्चताले सिंगो विद्यार्थीको भविष्यमा अन्यौलता देखिरहेको बेला स्ववियुको निर्वाचनको मिति घोषणा भए सँगै देशै भरका उत्साहित देखिएका छन् ।

यता पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा समेत यति बेला स्ववियु निर्वाचनको चहलपहल बढ्न थालेको छ । जिल्लामा एक मात्रै पाथीभरा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि ६ वटा विद्यार्थी संगठन भए पनि दुई प्यानल बनाए स्ववियु निर्वाचनको मैदानमा देखिएका छन् ।

पाथीभरा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ अखिल क्रान्तिकारी संघीय विद्यार्थी युनियन र अनेरास्ववियु गरी ४ विद्यार्थी संगठन मिलेर लोकतान्त्रिक बाम प्रगतिशील गठबन्धनले नेपाल विद्यार्थी संघ जिल्ला कार्य  समिति सदस्य अर्जुन लिम्बुलाई सभापति पदमा एकता गर्दै उठाइएको छ ।

विद्यार्थीको समस्या  क्याम्पस व्यवस्थापन गर्न र विद्यार्थीहरूको हरेक दुःख सुखमा साथ दिने साथै विद्यार्थीको एक ढुकढुकी भएकाले अर्जुन लिम्बुलाई संयुक्त विद्यार्थी संगठनको निर्णयमा सर्वसम्मत सभापति पदमा उठाइएको अखिल क्रान्तिकारीका राज गुरुङले बताए । 

यता अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनबाट मिलन प्रधान चुनावी मैदानमा होमिएका छन् । निर्वाचनमा होमिएका विद्यार्थी सङ्गठनहरूले आफूहरूको जित पछि क्याम्पसका व्यवस्थापन देखि लिएर विद्यार्थीहरुको समस्या समाधान सम्मको  प्रतिवद्धता जाहेर गरेका छन् । 

नेपाल विद्यार्थी संघ जिल्ला समिति सदस्य लोकेश लिम्बुका अनुसार स्ववियु भनेको विद्यार्थीको साझा संस्था भएकाले नेपालमा रहेका सबै विद्यार्थी संघले विद्यार्थी हरूको आवाज उठाउने केन्द्र हो । साथै नेपाली राजनीतिको मेरुदण्डको  रूपमा रहेको विद्यार्थी राजनीति बिस्तारै  शिथिल बन्दै गएको उनको भनाइ छ ।

सुस्ताएको विद्यार्थीको आन्दोलनलाई पुन जागृत गराउन आजको आवश्यकता र सम्पूर्ण  विद्यार्थी संगठनको गहन जिम्मेवारी हो । त्यो जिम्बेवारी  पूरा गर्न र सुस्ताउँदै गएको नेपाली विद्यार्थी  आन्दोलनलाई पुन जीवित दिने एउटै विकल्प अहिले घोषणा गरिएका  स्ववियु निर्वाचन हो । 


प्रतिक्रिया दिनुहोस्