स्ववियु निर्वाचनबाट नपन्छिन अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनलाई चार विद्यार्थी संगठनको आग्रह

अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनलाई स्ववियु निर्वाचनबाट नपञ्छिन क्याम्पस ईकाई कमिटीका चार विद्यार्थी संगठनले आग्रह गरेको छ ।


बिहीबार साँझ नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, संघीय विद्यार्थी युनियन र अनेरास्ववियूले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै हारको मानसिकताबाट माथि उठेर लोकतन्त्रको सुन्दर पक्षलाई सम्मान गर्दै स्ववियु निर्वाचनबाट नपञ्छिन आग्रह गरेको हो । निर्वाचन अधिकृत परिवर्तन, परिचय पत्रमा विद्यार्थीको पुरा विवरण नसमेटिएकोप्रति असन्तुष्टि जनाउदै अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनको ईकाई कमिटीले क्याम्पसमा ताला बन्दी गरे पश्चात चार विद्यार्थी संंगठनले विभिन्न बाहानामा निर्वाचनबाट नटाढिन अपिल गरेको हो ।

त्रिविले तोकेको समयमै स्ववियु निर्वाचन हुनुपर्ने, चुनाव रोक्ने प्रयास गरेमा सह्य नहुने र त्यसको विरुद्धमा जस्तोसुकै कदम चाल्न तयार हुने अनि त्यहाँबाट हुने क्षतिको जिम्मा स्वयम क्याम्पस प्रशासन र स्ववियु निर्वाचन कार्यालयले लिनुपर्ने विज्ञप्तीमा उल्लेख छ ।

‘विश्व विद्यालय अन्तर्गतको क्याम्पसमा स्ववियु निर्वाचन सौहार्दपुर्ण वातावरणमा सम्पन्न हुने क्रममा विभन्नि बाहानाबाजी गरेर क्याम्पस प्रशासन विदा भएको समयमा निर्वाचन अधिकृतको कार्यालय, क्याम्पस प्रशासनमा तालाबन्दी गरेको हावाल दिँदै अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले कायरतापुर्ण ढंगले स्ववियु निर्वाचन स्थगित गराउने नियतप्रति हाी सच्चा विद्यार्थीको हकहित र हामी पढ्ने क्याम्पसको सर्वाङ्गीण हितको उत्कट चाहानाका साथ निष्पक्ष, स्वतन्त्र र भयरहित ढंगले निर्वाचन सम्पन्न गर्न चाहाने विद्यार्थी संगठनहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।

नेविसंघका सभापति प्रवेश गौतम, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष मोहन राई, संघिय विद्यार्थी युनियन अध्यक्ष कमल लाबुङ र अनेरास्ववियूका कोषाध्यक्ष आकृति लिङ्दनेद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तीमा भनिएको छ । सम्पूर्ण विद्यार्थीहरुलाई भ्रममा नपरी आगामी चैत्र ५ गते हुने निर्वाचनमा सहभागी भई मतदान गर्न समेत संगठनले अपिल गरेका छन् ।

यता असन्तुष्ट पक्षको मागलाई सम्बोधन गर्न शुक्रबार बिहान ८ बजे छलफलको लागि बैठक आह्वान गरिएको क्याम्पस प्रमुख मोहन कुमार राईले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्