चौथो बज्र गुरु मन्त्र जप कार्यक्रमको खर्च सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङमा चौथो बज्र गुरु मन्त्र जप कार्यक्रम २०७९ को सम्पूर्ण खर्च सार्वजनिक भएको छ । ताप्लेजुङको सुकेटार स्थित सिरेटो हिल रिसोर्टमा फागुन १५ गते देखि सुरु भई १७ गते भएको उक्त कार्यक्रमको खर्च विवरण सार्वजनिक भएको हो ।

विश्व शान्ति तथा समस्त प्राणीहरूको हितार्थका लागि गरिएको बज्र गुरु मन्त्र जप कार्यक्रमको सम्पूर्ण आय ब्याय सार्वजनिक गरिएको बज्र गुरु मन्त्र जप मूल आयोजक समिति सदस्य सचिव पासाङ रिता शेर्पाले जानकारी दिएका छन् ।

उनका अनुसार आय तर्फको दान स्वरुप संकलित जम्मा रकम रु ८१ लाख ५३ हजार ७५७ र ब्याय तर्फ रु ४५ लाख २५ हजार ७५६ र बचत तर्फ रु ३६ लाख २८ हजार रुपैयाँ रहेको छ । २०७३ साल देखि प्रत्येक वर्ष हुँदै आएको बज्र गुरु मन्त्र जप
कोरोना महामारीका कारण तीन वर्ष रोकिएपछि यो वर्ष भएको हो ।

आगामी दिनमा कुनै प्रतिकुल समय नआए प्रत्येक वर्ष कार्यक्रम निरन्तर हुने पनि उनले बताए । यो पटकको बज्र गुरु मन्त्र जपमा भक्तजनहरूलाई परम पूजनीय लामा जोपा रिन्पोछे ज्यूबाट आर्य आवलोकितेश्वरको अभिषेक साथै गुरु पद्यसम्भव, आर्य
आवलोकितेश्वर र आर्य तारा मन्त्रको आगमन प्रदान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961