साँवा मिङस्रा संचुम्भोको ऐतिहासिक दोस्रो महाधिवेशन हुँदै, कहिले ?

ताप्लेजुङ । साँवा मिङस्रा संचुम्भोको ऐतिहासिक दोस्रो महाधिवेशन हुने भएको छ । अनादि कालबाट नेपालको आदिवासी जनजातिमा सूचिकृत साँवा वंशका लिङथाङमा माङगेना यक र दुङदुङगे कुल देवता मान्ने सम्पूर्ण साँवा वंशको ऐतिहासिक दोस्रो महाधिवेशन पूर्वी नेपालको प्रदेश एक अन्तर्गत ताप्लेजुङ मिक्वाखोला–४, साँबामा हुने भएको हो । 

 साँवा मिङस्रा संचुम्भोको ”एकता, उथान र पहिचान, साँवा मिङस्रा संचुम्भोको दोस्रो महाधिवेशन” भन्ने नाराका साथ उक्त महाधिवेशन चैत्र २६ देखि २९ गते भव्य रुपमा हुने बताईएको छ । 

साँवा मिङस्रा संचुम्भोको ऐतिहासिक दोस्रो राष्ट्रिय महाधिवेशनबाट संपूर्ण साँबा वंशहरुको प्रतिनिधित्व हुने गरी सक्षम केन्द्रिय कार्य समिति चयन गरिने छ । साथै सो अवसरमा सामूहिक दुङदुङगे अनुष्ठान पूजा, तापथेङ वदेङ (माङहुक्वा वादेम्मा), साक्मुरा–खेङघारा (माङदे–हाङदे) र तुम्याहाङ तङसिङ पनि सामूहिक रुपमा सम्पन्न गर्ने साँवा मिङस्रा संचुम्भो केन्द्रिय आयोजक समितिले जानकारी दिएको छ । 

उक्त देहायबमोजिम कार्यक्रम साँवा वंशहरूको थातथलो माङगेना यक स्थल लिङथाङमामा आयोजना गरीने पनि आयोजकले जानकारी दिएको छ । सो भेलाले केन्द्रिय अधिवेशन सँगै सम्पूर्ण साँवा वंशहरु देश विदेशमा छरिएर बसेका ३ हजार भन्दा बढी घर धुरीहरु एउटै छातामुनी एकत्रित गर्ने र एक आपसमा भाइचारा अभिवृद्धि गर्ने पनि जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्