ई. वीरेन्द्र श्रेष्ठ र गायिका भावना आचार्यको उडिउडी आ सुवा रिलिज

ताप्लेजुङ । ताप्लेजुङमा  बग्ने खोला बगि गो जस्ता थुप्रै लोकप्रिय गीतकि गायिका भावना आचार्य र पुर्वका लोकप्रिय गायक तथा वरिष्ठ ईन्जिनियर बीरेन्द्र श्रेष्ठको स्वरमा सजिएको “उडिउडी आ सुवा” झल्को मेटि जाबोलको म्युजिक भिडियो ईनाक्सी ईन्टर्टेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको छ । विकल तिरुवाको शब्द, ध्रुब बिस्कोको संगीत, नरेन्द्र बियोगीको एरेन्ज, किशोर थापाको मिक्स÷माष्टरमा बनेको अडियोलाई चर्चित नायिका शिल्पा पोख्रेल र चर्चित मोडल चक्र बमको अभिनय र नृत्यले म्युजिक भिडियोलाई जीवन्त बनाउन सफल भएका छन् निर्देशक बिक्रम चौहान। सो म्युजिक भिडियोमा प्रकाश खड्काले क्यामेरा मेनको भुमिका निर्वाह गरेका छन् भने, कबिन खड्काको मेकप र बिक्रम चौहानको कोरियोग्राफी रहेको छ ।

सुदुर पश्चिमको दैलेखमा जन्मिएकी गायिका भावनालाई डोटेली शब्द उच्चारण,लवजमा सुहाउनु सान्दर्भिक रहे पनि, नेपालको सुदुर पश्चिमको देउडा लयको भाव, सुदुर पश्चिमकै बोलिचालिका भाषामा बनेको उडिउडी आ सुवा बोलको गीतमा पुर्बेली गायक ई. बीरेन्द्रले अत्यन्तै कुशलता पुर्वक निभाउनु उक्त गीतको एउटा् सबल पक्ष हो भने, पुर्वेलीले पश्चिमको गीत र पश्चिमकाले पुर्वेली भाकाको गीत गाउदा सामाजिक अखण्डता अझ प्रगाढ बन्ने निश्चित छ ।

दोहोरी गायनमा अव्वल गायिका भावना, चर्चित ईन्द्रेणी कार्यक्रममा अन्य चर्चित गायक गायिकाहरु सग प्रस्तुती दिईरहेकी हुन्छिन, शब्द सम्योजनमा रुचि राख्ने भावनाको आउदा प्रोजेक्टहरु आफ्नै शब्द रचनामा समेत हुने उनको भनाई छ ।
जलविद्युतको बिकासले मुलुकको सर्वाङ्गिण बिकास गर्न सकिन्छ भन्ने भावनाका साथ आज भन्दा २६ बर्ष पहिला ईन्जिनियरिङमा ग्राजुएट वीरेन्द्रले जाले रुमाल, पिरिमको बाढी, आउन माया, घर तिम्रो कता पर्यो, आँखा लाउछन जस्ता दर्जनौ गीतहरु नेपाली सांंगितिक आकाशमा पस्किसकेका छन । अबको केही दिनमै बहुप्रतीक्षित “कुखुरी काँ” बोलको गीत ईनाक्सी युट्युब चेनल बाटै रिलिज हुने गायक श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस्