स्व. हरिलाल राई स्मृति सम्मानबाट मैया र ध्रुवधन राई सम्मानित

काठमाडौं । किरात राई कर्मचारी मन्चले स्व. हरिलाल राई स्मृति सम्मान २०७९ बाट मैया राई र ध्रवधन राईलाई नगदसहित सम्मान गरेको छ । महिलातर्फ सम्मानित हुनेमा मैया राई २०४७ बाट नेपाल सरकार निजामति सेवाको टाइएपिष्ट मुखिया पदमा नियुक्त भएर हाल धनकुटा जिल्ला डिभिजन वन कार्यालय नायव सुब्बा पदमा कार्यरत रहेका छन् ।

पुरुषतर्फ सम्मानित हुनेमा २०६९ नेपाल सरकार निजामति सेवाको सह–लेखापालमा पदमा नियक्त भई ओखलढुंगा र सोलुखुम्बु जिल्लामा सेवा प्रवाह गरी हाल कोष लेखा नियन्त्रण कार्यलय, सोलुखुम्बुमा लेखापालमा कार्यरत छन् । उनले राई समुदाय र नेपाल राष्ट्रलाई दिएको योग्दानको कदर गर्दै सम्मान गरेको मन्चका केन्द्रीय सदस्य योग्य प्रसाद राई जानकारी दिए ।

मन्चका केन्द्रीय सदस्य राईका अनुसार सम्मनीत हुनेलाई जनही नगद १५ हजार रुपैयाँसहित सम्मान पत्रले गरिएको हो ।

मन्चले कोटेश्वरस्थित किरात राई यायोक्खाको केन्द्रीय कार्यलयमा किरात राई समुदायबाट सार्वजानिक प्रशासनमा नवनियुक्त र पदोन्नति हुनेलाई बधाई तथा सम्मान गरेको हो । कार्यक्रमा प्रमुख अतिथी आदिवासी जनजाती आयोगका अध्यक्ष रामबहादुर थापा मगरले सम्मानित हुने माया राई र ध्रुबधन राईलाई नगदसहित प्रशंसापत्र प्रदान गरेका हो ।

कार्यक्रमा मन्चको अध्यक्ष खिलराज राईले नयाँ निजामती सेवामा प्रबेश गर्ने र पदोउन्नती हुने नयाँ कर्मचारीहरुको हौसला र प्रोत्साहन गर्दे राष्ट्र र किरात समुदायको शिर उच्च राख्ने काम गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्