साँबा मिङ्स्रा संङचुम्भोको दोस्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा गंङ्गा साँबा निर्वाचित

ताप्लेजुङ । साँवा मिङस्रा संचुम्भोको ऐतिहासिक दोस्रो महाधिवेशन सम्पन्न भएको छ । मंगलबार साँबा बंशहरुको उदगम स्थल ताप्लेजुङको मिक्वाखोला गाँउपालिका वडा न.–४, साँबामा सम्पन्न भएको महाधिवेशनमा गङ्गा साँबा अध्यक्षमा निर्वाचित भएका छन् । नवनिर्वाचित साँबाको नेतृत्वमा ५५ सदस्यीय कार्यसमिति गठन भएको छ ।
यस्तै उपाध्यक्षमा क्रमस, चित्रगुप्त साँबा, सन्जुहाङ साँबा,धनरुप साँबा र गौरीमाया साँबा महासचिवमा मंगलसिंङ साँबा सचिवमा मोहनचन्द्र साँबा,दुर्गामणी साँबा , मनकुमार साँबा र बिजय प्रकाश साँबा त्यस्तै कोषाध्यक्षमा धनजित साँबा निर्वाचित भएका छन्।
साँबा मिङस्रा संचुम्भोको ”एकता, उथान र पहिचान, साँवा मिङस्रा संचुम्भोको दोस्रो महाधिवेशन” भन्ने नाराका साथ उक्त महाधिवेशन चैत्र २६ देखि २८ गते सम्म चलेको महाधिवेशनको प्रमुख अतिथिको रुपमा सांसद लालबिक्रम साँबा(एलपी) रहनुभएको थियो ।
कार्यक्रमको अवसरमा सामूहिक दुङदुङगे अनुष्ठान पूजा, तापथेङ वदेङ (माङहुक्वा वादेम्मा), साक्मुरा–खेङघारा (माङदे–हाङदे) र तुम्याहाङ तङसिङ गर्ने कार्य पनि पनि सामूहिक रुपमा सम्पन्न भएको नवनिर्वाचित कोषाध्यक्ष धनजित साँबाले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्