साङक देछ्योलिङ गोन्पा विधालयले लामा जोपा रिन्पोछेको शिघ्र निर्माणकायको लागी प्राथना सुरु ।

ताप्लेजुङ । फुङलिङ ९ हाङदेवामा परमपूज्यनिय लामा जोपा रिन्पोछे ज्यूको शिघ्र निर्माणकायको लागी प्राथना आज देखी सुरु गरेको छ ।

ताप्लेजुङको चौथो बज्रगुरु मन्त्रजब कार्यक्रमको प्रमुख लामा (अतिथि) समेत रहेका परमपूज्यनिय लामा जोपा रिन्पोछे ज्यूको गत चैत्र ३० गते बिहान ९.३० बजे परिनिर्वाण भएको हुदा आज देखी साङक देछ्योलिङ गोन्पा विधालयले शिघ्र निर्माणकायको लागी प्राथना सुरु गरेको हो ।

समस्त प्राणीहरुको हितार्थ परमपूज्यनिय लामा जोपा रिन्पोछे ज्यूको शिघ्र निर्माणकाय आगमन (पुन जन्मको) निम्ति मानी मन्त्रजब सुरु गरेको साङक देछ्योलिङ गोन्पा विधालयका प्रधानाध्यापक पासाङ रिता शेर्पाले जानकारी दिनु भयो ।

शेर्पाका अनुसार उक्त कार्यक्रम दुई दिन सम्म हुने भएको छ भने कार्यक्रममा शिक्षक,बिद्यार्थीहरु, अभिवावहरु साथै शुभचिन्तकहरूसमेत उपस्थित रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्