दोल्ती पावरको आईपीओमा कति पर्‍यो आवेदन ?

काठमाडौं ।  चैत २८ गतेदेखि निष्कासन गरेको दोल्ती पावर कम्पनी लिमिटेडको आईपीओमा करिब साढे १३ लाखको आवेदन परेको छ । 

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज अन्तिम दिनको साँझ ५ः०३ बजेसम्ममा १३ लाख ३९ हजार ४४० आवेदकबाट १ अर्ब ४७ करोड ६२ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ६२ हजार ६२० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणको लागि छुट्टाइएको १२ लाख ७१ हजार ८६१ कित्ता शेयरको ११.६० गुणा बढी हो । कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो ।

जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि बाँडफाँड गरिसकेको छ भने ६८ हजार १७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। लगानीकर्ताहरूले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्यूनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार १ लाख २७ हजार १८६ आवेदकले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्