नेपाल शेर्पा संघ मेरिङ्देन कार्य समितिले गर्यो वृक्षरोपण

ताप्लेजुङ । नेपाल शेर्पा संघ मेरिङ्देन कार्यसमितिले बुद्धजयन्ती वृक्षरोपण कार्यक्रम गरेर मनाएको छ ।

संघले मेरिङ्देन गाउँपालीका २ नं. वडा सान्थाक्रामा रहेको पर्यटकिय धार्मिक स्थल गुराँसे पोखरीमा शुक्रबार वृहत वृक्षरोपण गरेर २५६७औँ बुद्ध जयन्ती मनाएको हो ।

जस अवसरमा वृहत वृक्षरोपण गुराँसे पोखरी सहित थेग छ्योग उर्गेन छ्योलिङ गुम्बा हुदै नेपाल शेर्पा संघको भवन परिसर सम्म वृक्षरोपण गरिएको नेपाल शेर्पा संघ मेरिङ्देन कार्य समितीका कोषध्यक्ष ल्हाक्पा दिकि शेर्पाले जानकारी दिएकीछन ।

वृक्षरोपणमा धुपी सल्लाका ४५० वटा र लालीगुराँसका २०० वटा बिरुवा रोपिएको कोषध्यक्ष शेर्पाले जनाएकी छन् ।

वृक्षरोपण कार्यक्रममा नेपाल शेर्पा संघ मेरिङ्देन कार्समितिहरु, मेरिङदेन २ नं.सान्थाक्रा वडा अध्यक्ष तेज कुमार चोङ्वाङ लगायत जनप्रतिनिधिहरु तथा नेपाल शेर्पा संघ २ नं.वडा कार्यसमितिहरु साथै अन्य स्थानियहरुको उपस्तिथिमा वृक्षरोपण गरि बुद्धजयन्ति मनाएको छ ।


प्रतिक्रिया दिनुहोस्