पालिकाको विकासको लागि बजेट माग गर्दै प्रधानमन्त्री कार्यलय पुगे उपाध्यक्ष लामा


काठमाडौं । मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले पालिकाको विकासको लागि आगामी बजेटमा बजेट विनियोजन गरिदिन सरकार समक्ष माग गरेका छन् ।


प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड साथै पर्यटन मन्त्री सुदन किराँतीलाई मन्त्रालयमा नै पुगेर पालिकाको विकासका लागि आगमी आ.व. ०८०–२०८१को लागी बजेट विनियोजन गरिदिन अनुरोध गर्दै उपाध्यक्ष लामाले पालिकाको तर्फबाट माग पत्र बुझाएका हुन् ।


उपाध्यक्ष लामाका अनुसार हान्द्रुङ–डाँडा गाउँ–लिवाङ हुँदै पापुङसम्मको मोटर बाटो कालो पत्रको लागि प्रधानमन्त्री कार्यलयमा माग गरिएको छ भने पर्यटन मन्त्रालयमा फुङफङे झरना सहित पालिकाका पर्यटकीय स्थलनको प्रचार प्रसार र सौन्दर्यकीकरण गर्नका लागि डिपिआर सहित योजना टिपाउने काम भएको छ । माग पत्र बुझ्दै प्रधानमन्त्री र पर्यटन मन्त्रीले आगामी बजेटमा मागलाई सम्बोधन गर्ने आश्वासन दिएको लामाले बताएका छन् ।


त्यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग योजना सञ्चालन र योजनालाई व्यवस्थित गर्न विज्ञसँग परामर्श गरिएको बताउँदै पालिकाको शिक्षा र स्वास्थ्य सहित अन्य क्षेत्रको विकासका लागि सम्वन्धित मन्त्रालयमा माग पत्र बुझाउने योजना रहेको समेत लामाले बताए ।


उपाध्यक्ष लामा सहित समाज सेवीहरु मान थलङ,धनजित साँबा,मिङ्मा डण्डु लामा सहितको टोलीले पालिकाको विकासका लागि आगामी आर्थिक वर्ष २०८०–२०८१ को बजेटमा योजना समावेश गरि बजेट विनियोजन गर्न माग गर्दै मन्त्रालयमा पुगेर सरकारलाई माग पत्र बुझाएका हुन् ।


प्रतिक्रिया दिनुहोस्