ताप्लेजुङमा हजुरबुबाको मलामी गएका नाती मेवा खोलाले बगाउँदा बेपत्ता

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका एक खोक्लिङ केराबारीमा हजुरबुबाको मलामी गएका नाती खोलाले बगाएर तिन दिन देखी बेपत्ता भएका छन् ।

खोक्लिङको केरबारीका २७ वर्षिय विजय लिम्बु मंगलबार आफ्ना हजुरबुबा लोक बहादुर लिम्बुको मलामी गएको बेला गर्मी भएर पौडी खेल्ने क्रममा मेवा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका सुचना समन्वय अधिकृत तथा प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक कुशाराम कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार मलामी गएका लिम्बुलाई खोलाले बगाएको थाहा पाएपछि स्थानियले प्रहरीले खबर गरेका थिए । मलामी गएका स्थानिय र प्रहरीले खोजी गरेपनि हालसम्मपनि लिम्बुको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

हजुरबुबाको मलामीमा नातीलाई खोलाले बगाएपछि केराबारी गाउँ भने एतिबेला शोकमग्न भएको छ भने स्थानीय सहित प्रहरीले खोजी कार्य भने जारी राखेको जिल्ला प्रहरी कार्यलय ताप्लपेजुङले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्