फक्ताङलुङ गाउँपालिकामा विद्युतिय हाजिरी सुरु

तस्वीर : अध्यक्षको सचिवालय

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले बिद्युतिय (ईलेक्ट्रोनिक) हाजिरीको सुरुवात गरेको छ । पालिकाले बिहिबार विद्युतिय हाजिरीको उद्धघाटन गरेसँगै पालिकामा ईलोक्ट्रोनि हाजिरी सुरु भएको हो ।


समयमै कार्यलयमा उपस्थित भई सेवा प्रवाहमा थप सुधार हुने साथै कर्मचारीको अनुपस्थिति हुने क्रमको अन्त्य भई नियमित कार्य सम्पादनमा टेवा पुग्ने उद्देश्यले विद्युतिय हाजिरी सुरु गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बु (मुक्ति)ले बताएका छन् ।

उनले भने,“ म्यानुअल हाजिरीले भन्दा विद्युतिय हाजिरीले सबैलाई समय मै उपस्थित हुनुपर्ने कुराको बोध भई कर्मचारीको उपस्थितिलाई नियमित गराउने छ । यस्ले गाउँपालिकाको विकासमा थप टेवा पुग्ने छ । त्यहि भएर ईलोक्ट्रोनिक हाजिरी सुरु गरेका हौँ ।”


गाउँपालिकाको कार्यलय पालिकाको सरकारी विद्यालय,स्वास्थ्य संस्था,सम्पुर्ण वडा कार्यलय लगायत पालिकाको सबै सरकारी कार्यलयमा बिहिबारबाट विद्युतिय हाजिरी सञ्चालन भएको अध्यक्ष लिम्बुले बताए ।


प्रतिक्रिया दिनुहोस्