ताप्लेजुङमा जेठ ७ गते रास्वपाको सम्पर्क कार्यालय उद्धघाटन हुँदै


ताप्लेजुङ । ताप्लेजुङमा जेठ ७ गते रास्वपाको सम्पर्क कार्यालय उद्धघाटन हुने भएको छ ।

रास्वपाका केन्द्रिय महामन्त्री मुकुल ढकाल,केन्द्रिय अनुशासन समिति सदस्य यज्ञमणि न्यौपाने,प्रदेश महामन्त्री लालबिक्रम थापा, प्रदेश प्रवक्ता कमलबाबु मैनालीको आतिथ्यतमा ताप्लेजुङमा सम्पर्क कार्यालय उद्धघाटन गर्ने जनाईएको छ ।


फुङलिङ बजार स्थित तोक्मे डाँडामा रहेको सम्पर्क कार्यलय आईतबार बिहान ११ बजे उद्धघाटन गर्ने र त्यसपछि सामुदायिक भवन सिटि हलमा रास्वपाले स्थानीयसँग छलफल कार्यक्रम गर्न लागेको हो ।

साथै सो छलफल कार्यक्रममा रास्वपासँग सरोकार राख्ने जिल्लाबासीलाई सहभागी हुन रास्वापले अनुरोध समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्