मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बिहिबार राति ट्याक्टर दुर्घटना हुँदा सहचालको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ कै फत्ताङलुङ गाउँपालिका वडा नं. ३ सिँवाका सन्दिप तामाङ रहेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका सुचना समन्वय अधिकृत तथा प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक कुशाराम कार्कीले जानकारी दिए ।


प्रहरी निरीक्षक कार्कीका अनुसार बालुवा लिएर मैवाखोला गाउँपालिका १ तेल्लाबुङतर्फ जाँदै गरेको को २ त ७८७७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो भने तामाङको घटनास्थल मै मृत्यु भएको हो ।


चालक मिक्वाखोला गाउँपालिका १ खोक्लिङका कुशल लिम्बू भने दुर्घटनापछि फरार रहेका छन् । दुर्घटना के कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्