ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गरी रास्वपामा लाग्नेको लहर चल्यो

ताप्लेजुङ । भ्रष्ट्रचार निर्मुल र आमुल परिवर्तनको अभियानलाई अगाडी सार्दै मंसिर ४ को निर्वाचनमा सहभागी भएर राष्ट्रिय दलको मान्यता समेत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक नै २० सिटमा विजय हाँसिल गर्दै जनताको मन समेत जितेको थियो ।


रास्वपाको कमिटी र उम्मेद्वारनै नभएको ठाउँमा समेत रास्वपालाई जनताले समानुपातिकमा मतदान गरेका थिए । यो सँगै पुराना राजनीतिक दलबाट आजित भएका जनताले विकल्पको रुपमा रास्वपालाई रोज्दै जाने लहर देशै भर चलि रहेको छ ।
यसै क्रममा ताप्लेजुङमा पनि विभिन्न राजनीतिक दल (काँग्रेस,एमाले÷माओबादी) छोडेर रास्वपामा लाग्नेको लहर चलेको छ ।

काँग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनीधि समेत रहेका गायक तथा ईन्जिनियर वीरेन्द्र श्रेष्ठ साथै अन्य १९ जना क्रियाशिल सदस्य र एमालेका जिल्ला कमिटी सदस्यहरु र माओवादीका पालिका कमिटी सदस्य त्याग गरि रास्वपामा लाग्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।


यसैबिच ताप्लेजुङमा जेठ ७ गते रास्वपाको सम्पर्क कार्यलय उद्धघाटन हुने भएको छ । रास्वपाका केन्द्रिय महामन्त्री मुकुल ढकाल,केन्द्रिय अनुशासन समिति सदस्य यज्ञमणि न्यौपाने,प्रदेश महामन्त्री लालबिक्रम थापा, प्रदेश प्रवक्ता कमलबाबु मैनालीको आतिथ्यतमा ताप्लेजुङमा सम्पर्क कार्यलय उद्धघाटन गर्ने जनाईएको छ ।


फुङलिङ बजार स्थित तोक्मे डाँडामा रहेको सम्पर्क कार्यलय आईतबार बिहान ११ बजे उद्धघाटन गर्ने र त्यसपछि सामुदायिक भवन सिटि हलमा रास्वपाले स्थानीयसँग छलफल कार्यक्रम गर्न लागेको हो । साथै सो छलफल कार्यक्रममा रास्वपासँग सरोकार राख्ने जिल्लाबासीलाई सहभागी हुन रास्वापले अनुरोध समेत गरेको छ ।

राजिनामा दिनेहरुको लिस्ट हेर्नुहोस्;


प्रतिक्रिया दिनुहोस्