सम्झौता अनुसार काम नभएको भन्दै अध्यक्ष वनेमले गरे निर्माण व्यवसायीको ध्यानाकर्षण


ताप्लेजुङ । मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले निर्माण व्यवसायीको ध्यानाकार्षण गराएका छन् । सम्झौता अनुसार आयोजनाहरुको निर्माण कार्य नभएको भन्दै अध्यक्ष वनेमले समाजिक सञ्जाल फेस्बुक मार्फत निर्माण व्यवसायीको ध्यानाकार्षण गराएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्“ मैवाखोला गाउँपालिकासँग निर्माण सम्झौता गरि निर्माण कार्य अघि बढाई रहनु भएका कतिपय आयोजनाहरुका ठेकोदारहरुले निर्माण कार्यका लागि यस कार्यलयमा बुझाउनु भएको कार्य तालिका अनुसार काम नगरेको, मौसम र वातावरण सहज भएको बेला वेवास्ता गर्ने खालको प्रवृत्ति देखा परि रहेको अवस्था छ ।
तसर्थ तोकिएको समय सिमा भित्र गुणस्तर कायम गरि कार्य सम्पन्न गर्नुहोला । जब बर्षात सुरु भयो तब काम गरे जस्तो गरेर बाँकी भुक्तानीका लागि यस कार्यलयमा आउनु भएमा तपाईँलाई सहयोग गर्न नसक्ने व्यहोरा बेलैमा अवगत गराउँदछु ।”

साथै अध्यक्ष वनेमले पालिकालाई समयमा गुणस्तरीय काम चाहिएकोले यसतर्फ ध्यान दिन निर्माण व्यवसायीलाई निर्देशन समेत दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961