मैवाखोलाका दुई विद्यालयमा शैक्षिक संस्थान स्वचालन प्रणाली जडान


ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले नमुना माध्यमिक विद्यालयको रुपमा विकास भई रहेका २ वटा विद्यालयहरुमा बिहिबार शैक्षिक संस्थान स्वचालन प्रणाली जडान गरेको छ ।

शैक्षिक क्षेत्रको सुधारका लागि पालिकाको नारायणी माध्यमिक विद्यालय र मैवाखोला माध्यमिक विद्यालयमा शैक्षिक संस्थान स्वचालन प्रणाली जडान गरिएको पालिका अध्यक्ष विजय प्रकाश वनेमले बताएका छन् ।

वनेमका अनुसार शैक्षिक संस्थान स्वचालन प्रणालीले विद्यालयका सुचना सम्बन्धित व्यक्ति समक्ष एसएमएस मार्फत पठाउनेछ, कर्मचारी व्यवस्थापन, विद्यालय क्यालेन्डर व्यवस्थापन, अभिभावक व्यवस्थापन, पुस्तकालय व्यवस्थापन गर्ने छ ।

त्यस्तै हाजिरी व्यवस्थापन,विद्यार्थीहरुको दर्ता व्यवस्थापन, तलब व्यवस्थापन, परिक्षा व्यवस्थापन, शुल्क व्यवस्थापन, खर्च व्यवस्थापन, लेखा व्यवस्थापन, अनुसाशन व्यवस्थापन, विभिन्न प्रमाणहरुको व्यवस्थापन, प्रतिवदेन साथै विभिन्न शैक्षिक चार्ट व्यवस्थापन गर्ने पालिकाले जनाएको छ ।

सो शैक्षिक संस्थान स्वचालन प्रणाली क्रमश पालिकाका सबै विद्यालयमा जडान गर्दै जाने समेत अध्यक्ष वनेमले बताएका छन् ।

सम्बन्धित तस्वीरहरु हेर्नुस:


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961