मेरिङदेन सडक खण्डको बिग्रीएको बाटो तत्काल मर्मत गरिने, गरियो अनुगमन 

ताप्लेजुङ । अविरल वर्षाका कारण मेरिङदेन सडक खण्डको बिग्रीएको बाटो तत्काल मर्मत गरिने भएको छ । मेवा डेभलोपर्स प्रा.लि. र मेवाखोला युनाइटेड हाइड्रोपावर प्रा।लि।को ५० र ५० प्रतिशतको लागतमा मर्मत गरिने भएको हो । 

यसका लागि उक्त सडक खण्डको बिग्रीएको बाटोको अनुगम गरिएको छ । आइतबार मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकहाङ वीर हाङ्गाम डम्बर, पालिका उपाध्यक्ष दुर्गा प्रसाद श्रेङ चोङबाङ्, पालिका इन्जिनियर पवन पौडेल र मेवा डेभलोपर्स प्रा.लि. र मेवाखोला युनाइटेड हाइड्रोपावर प्रा.लि.का प्रतिनिधिहरूले अनुगमन गरेको सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्