तिम्सिनाको भुटानी शरणार्थीको कथामा आधारित किताब माईखोलादेखि पुनर्वाससम्म बजारमा

मोरङ । नक्कली भुटानी शरणार्थी मुद्धा चर्चामा रहेका बेला भुटानी शरणार्थीको कथामा आधारीत पुस्तक माईखोलादखि पुनर्वाससम्म किताब बजारमा आएको छ । खोजमुलक किताब लेखनलाई निरन्तरता दिई रहेका पथरीशनिश्चरे मोरङका दिपेन्द्र तिम्सिनाद्धारा लिखित माईखोलादेखि पुनर्वाससम्म किताब बजारमा आएको हो ।


किताबमा नेपाली भाषि भुटानी कसरी लखेटिएका थिए, माईखोला बगरमा सुरुको कष्टकरपुर्ण बसाई, माईखोलामा दैनिक ५० जना बढीको कहालीलाग्दो निधन, नेपाल भुटान बिच भएको वार्ताहरु, शरणार्थी शिबिरमा रहदाको कष्टकर बसाई, पुनर्वासमा पुगेर चर्चित बनेका भुटानी शरणार्थीहरु १३० वटा बिषयसुचि रहेको लेखक तिम्सिनाले बताएका छन् ।


नेपाली र भुटानी शरणार्थीको सम्बन्ध जोडिएकाले पनि यस्को ईतिहासलाई निकै लामोे समय खोज अनुसन्धान गरेर किताबमा उतारेकाले पाठकको मन जित्ने तिम्सिनाको भनाई छ ।


तिम्सिनाको यस अघि टेलिफोन डायरी २०६८,मोरङको सामुदायिक वन एक चिनारी २०६९,मोरङ क्षेत्र नं. २ एक चिनारी २०७०, पथरीशनिश्चरे एक चिनारी २०७०, जेसीज दस्तावेज विगत देखि वर्तमानसम्म प्रथम संस्करण २०७७, दस्तावेज विगत देखि वर्तमानसम्म प्रथम संस्करण २०७८, धिमाल जातिको ईतिहास विगतदेखि वर्तमानसम्म २०७८, ईतिहासमा पथरीशनिश्चरे २०७८, मोरङका जनप्रतिनीधि सङ्गालो २०७९ किताब बजारमा आई सकेका छन् भने यो उनको दशौँ कृति हो ।


प्रतिक्रिया दिनुहोस्