युनाइटेड मेवाखोला हाइड्रोपावरद्धारा आगलागी पीडितलाई राहत वितरण

ताप्लेजुङ । जिल्लाको आगलागी पीडितलाई युनाइटेड मेवाखोला हाइड्रोपावर पा्र.लि.ले राहत सामाग्री वितरण गरेको छ । कम्पनीले बिहीबार जिल्लाको मेरिङदेन गाँउपालिका वडा न. – ४ लिङतेप र वडा न. – ५ थुकिमाका आगलागी पीडितलाई राहत सामाग्री वितरण गरेको हो । कम्पनीका प्रतिनिधी तथा कोषाध्यक्ष आसिष केदेमका अनुसार, पीडितलाई म्याट, लत्ताकपडा, ग्याँस, भाँडावर्तन लगायत अत्यावश्यक सामाग्री वितरण गरिएको छ ।

आगलागीबाट लिङतेपका दिलकुमार लङवा र थुकिमाका गज बहादुर लिम्बूको घर जलेर पुर्णरुपमा नष्ट हुनुका साथै लाखौंको धनमाल डढेर क्षति भएको थियो । बिहीबार कम्पनीका प्रतिनिधी तथा कोषाध्यक्ष आसिष केदेम, प्रभावित क्षेत्र सरोकार समितिका अध्यक्ष फिपराज सामेखाम, मेरिङदेन गाँउपालिका वडा न. ४ का अध्यक्ष बेद हाङगाम र वडा न. ५ का अध्यक्ष जसमान लिम्बूले पीडितको घरमै पुगेर राहत सामाग्री वितरण गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्