सुर्य देवी मा.वि.मा बुबा आमाको नाममा छोराबुहारीद्धारा २ लाखको अक्षयकोष स्थापना

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका स्थित सुर्य देवी माध्यमिक विद्यालयमा बुबा आमाको नाममा छोराबुहारीहरुले अक्षयकोष स्थापना गरिदिएका छन् ।


स्वं.राजरुप केदेम र स्वं.देशमाया श्रेङचोङबाङको नाममा छोरा बुहारीहरु भिम प्रसाद केदेम, कृष्णमाया केदेम, धन शेर केदेम, चक्रमति केदेम, रुद्र केदेम, धनकुमारी केदेम, पुर्ण कुमार केदेम, कल्पना केदेम, शिव कुमार र सुजता केदेमले बिहिबार विद्यालयमा पुगेर २ लाख रुपैँयाको अक्षयकोषको स्थापना गरि दिएका हुन् ।

उत्त अक्षयकोषको रकम बैंकमा जम्मा गरि प्राप्त ब्याजले विद्यालयका जेहनेदार एव् विपन्न विधार्थीलाई पोशाक वितरण गरिने विद्यालयका प्रध्यानध्यापक शिक्षक पुण्य प्रसाद भण्डारीले बताएका छन् ।


आर्थिक अवस्था कमजोर भएका बिधार्थीले पनि विद्यालय पोशाक किन्न नसके कै कारण शिक्षाबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले आफ्ना स्वर्गीय मातापिताको नाममा अध्यक्ष कोष स्थापना गरिदिएको भिम प्रसाद केदेमले बताए ।

साथै केदेमले अध्यक्ष कोषले जेहेन्दार तथा न्युन आर्थिक अवस्था भएका विधार्थीलाई राहत पुग्नेमा विश्वास व्याक्त गरे ।


प्रतिक्रिया दिनुहोस्