आगामी आर्थिक वर्षको बजेट अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मैवाखोला


ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट अघि आईतबार नीति तथा कार्यक्रम ल्याउने भएको छ । अन्य समय नीति तथा कार्यक्रम र बजेट एकैदिन ल्याउने प्रचलनलाई तोड्दै गाउँपालिकाले बजेट अघि नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।


केन्द्र र प्रदेश सकारको जस्तै मैवाखोलाले बजेट अगाडी नीति तथा कार्यक्रम ल्याउने र उत्त नीति तथा कार्यक्रम पास भएपछि असार ९ गते बजेट ल्याउने पालिका अध्यक्ष विजय प्रकाश वनेमले बताएका छन् ।


अध्यक्ष वनेमले भने,“कानुनत निति तथा कार्यक्रम अगाडी ल्याएर विनियोजन विधेयकको सिदान्त र प्राथमिकताका विषयमा छलफल गर्ने र छलफल पछि उत्त नीति तथा कार्यक्रम पास भएपछि मात्रै बजेट ल्याउनु पर्ने हो । तर यस अघि नीति तथा कार्यक्रम र बजेट एकैदिन ल्याउने प्रचल रहेको थियो त्यसलाई यसपटक बे्रक थ्रु गरेका हौँ । आईतबार (भोली) दिउँसो १२ः३० बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछौ । सो नीति तथा कार्यक्रम पास भएपछि असार ९ गते बजेट ल्याउने छौँ ।”


अध्यक्ष वनेमका अनुसार १३ औँ गाउँसभाले नीति तथा कार्यक्रम ल्याउन लागेको हो । सरोकारवालाहरु,राजनीतिक दल साथै विज्ञहरुसँग छलफल एव्म परामर्श गरि नीति तथा कार्यक्रम ल्याउन लागिएको पालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्