सिटिजन इन्स्योरेन्सले ग¥यो ५ लाख रुपैँयाको घातक रोग दावी भुक्तानी हस्तारण

ताप्लेजुङ । सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनि शाखा कार्याालय ताप्लेजुङले घातक रोग दावी भुत्तानी हस्तारण गरेको छ ।

आईतबार एक कार्यक्रम गर्दै सिटिजन लाईफ इन्स्योरेन्सले फक्ताङलुङ गाउँपालिका ४ घर भई हाल अक्स्पोर्ट सिटि युके बस्दै आई रहेका नाम्दारे लिम्बुलाई घातक रोग दावी भुक्तानि हस्तान्तरण गरेको हो ।

शाखा प्रमुख शर्मिला खतिवडाका अनुसार ३ बर्ष अघि जिबन सारथी वीमा योजना अन्तरगत ५ लाख रुपैँयाको बिमा गरि २ किस्ता जम्मा गरि सकेको र केही महिना अघि मुटु रोग देखिएकोले शाखा कार्यालय ताप्लेजुङले भ्याट काटेर हुन आउने ४ लाख ७७ हजार १२९ रुपैँया घातक रोग दावी भुक्तानि हस्तान्तरण गरेको हो ।

फत्ताङलुङ गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष महेशहाङ लिम्बूको प्रमुख आतिथ्यतामा सो रकम बराबरको चेक आफन्तलाई हस्तान्तरण गरिएको छ ।

शाखा प्रमुख खतिवडाका अनुसार अभिकर्ता पुनर्ताजगी तालिम तथा अभिकर्ता सम्मान कार्यक्रम, सेनियर एजेन्सी मेनेजर , एजेन्सी मेनेजर तथा अभिकर्ताहरुको सहभागीतामा सम्पन्न भएको छ ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै शाखा प्रमुख खतिवडाले बचत गर्नु भनेको भबिश्यमा पुजी निर्माणको लागी, जोखिम हस्तान्रण तथा बालबच्चाहरुको भबिश्य सुश्चितताको लागी बिमा मानव जिबनमा अपरिहार्य रहेको बताएकी छन् ।

साथै उनले २० घातक रोग सहित अन्य कम्पनी भन्दा सिटिजन लाईफ ईन्स्योरेन्ससँग धेरै राम्रा विमा योजनाहरु रहेको बताएकी छन् ।


प्रतिक्रिया दिनुहोस्