घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङद्धारा दुग्ध परिकार बनाउने तालिम सुरु


ताप्लेजुङ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले दुग्ध परिकार बनाउने सिप विकास तालिम बुधबारबाट सुरु गरेको छ ।ताप्लेजुङ सदरमुकाम फुङलिङ स्थित घरेलुको कार्यालयमा नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीको प्रमुख आतिथ्यतामा तालिम सुरु भएको हो ।


बुधबारबाट सुरु भएकोे तालिम १० दिन सम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । उद्धाघटन कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले विभिन्न तालिमहरु सहभागि भई रहनु भन्दा एउटा विषयमा तालिम लिएर सोहि क्षेत्रमा निरन्तर लागे मात्रै सफल बन्न सक्ने भएकाले ध्यान दिएर र सोच विचार गरेर अगाडी बढ्नु पर्ने बताए ।


साथै उनले तमोर करिडोर बनि रहेकाले ईलामको राँके,फिक्कल, र कन्याम जस्तै ताप्लेजुङमा पनि ललिपप,छुर्पी साथै अन्य परिकार बनाएर आम्दानी गर्न सकिने भएकाले यो दुग्ध परिकार तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले कृषकहरुको दुध खेर गई रहेकोले उक्त दुधलाई विभिन्न परिकार बनाई बजारमा बिक्री गरि आय आर्जनमा टेवा पुग्ने उद्धेश्यले तालिमको आयोजना गरिएको बताए ।

उनका अनुसार १० दिनसम्म फरक फरक परिकार बनाउन फरक फरक प्रशिक्षकले प्रशिक्षण दिईने छ ।


प्रतिक्रिया दिनुहोस्