पहिरोले पुरिएर ताप्लेजुङमा एकै घरका ३ जना सहित ४ जना वेपत्ता

देवेन्द्र बानियाँ
ताप्लेजुङ।
अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर ताप्लेजुङमा ४ जना वेपत्ता भएका छन्। प्रहरीका अनुसार सिदिङवा गाउँपालिका वडा नं ६ मेहेलेमा यादव बूढाक्षेत्रीका श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल वेपत्ता भएका छन् भने सोही स्थानका गणेश तामाङ समेत वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायक उपरीक्षक (डिएसपी) राजन लिम्बुले जानकारी दिए।
यस्तै वडा नं ३ अङ्खोपमा समेत ३ घर बाढीले बगाएको छ थप विवरण आउन बाँकी रहेको छ प्रहरीको भनाइ छ।
डिएसपी राजन लिम्बुका अनुसार वेपत्ता भएकाको चारै जनाको खोजी कार्य जारी छ।

गएराति ताप्लेजुङमा भारी वर्षा भएको थियो।
बाढीले जिल्लाको दोस्रो ठूलो दोभान बजार ढुङ्गे साँघु लगाएतका क्षेत्रमा कटान भएको र केही स्थानमा सडक समेत अवरुद्ध भएको छ।खुलाउने काम भइरहेको हाम्रा विभिन्न संवाददाताले रेडियो काबेली लाई जानकारी दिए छन्।

यस्तै बाढीले मेची राजमार्ग अन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल बगाएको हो। यति बेला जिल्ला भरनै वर्षा भइरहेकाले क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्