फेरी बन्द भयो मेची राजमार्ग 

ताप्लेजुङ । मङ्गलबारबाट हेवा खोला माथि अस्थायी डाइभर्सन पुल सञ्चालन गरी  सवारी साधनहरू आवत जावत भइरहेको मेची राजमार्ग फेरी बन्द भएको छ ।  वर्षा सहितको बाढीले डाइभर्सन पुल बगाउँदा यातायात सञ्चालन पुन ठप्प भएको हो ।

आज राती आएको वर्षा सहितको बाढीले डाइभर्सन पुल बगाउँदा पुन यातायात सञ्चालनमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी गराएको छ । फिदिम नगरपालिका ४ र हिलिहाङ गा.पा. ७ लाई जोडने हेवाखोलाका पुल बगाएपछि गत ३ गते देखि उक्त राजमार्ग अवरुद्ध भएको थियो । 

लामो समय लगाएर सडक डिभिजन कार्यालय इलामले मंगलबार डाइभर्सन बनाएको थियो । अब फेरि डाइभर्सन बनाउने नबनाउने अन्योल रहेको तर बेलिब्रिजको काम भने तीब्र गतिमा अघि बढिरहेको बताइएको छ ।

प्रहरीले यातायात अवरुद्ध भएकाले मेची राजमार्गको फिदिम-ताप्लेजुङ खण्डमा सवारी सञ्चालन नगर्न सबैमा सचेतसमेत गराएको छ ।


प्रतिक्रिया दिनुहोस्