एक महिने शेर्पा भाषा लिपी सम्बन्धि आधारभुत शिक्षण तालिम जारी ।

ताप्लेजुङ । ताप्लेजुङ फुङलिङ ४ स्थित वालमन्दिर आधारभुत बिद्यालयमा आईतबार देखी शुरु भएको एक महिने शेर्पा भाषा लिपी सम्बन्धि आधारभुत शिक्षण तालिम जारी रहेको छ ।

ताप्लेजुङ जिल्ला भरिका सामुदायिक विद्यालयहरुमा स्थानिय शेर्पा मातृभाषा बिषय शिक्षणका लागी नेपाल शेर्पा संघ जिल्ला कार्य समिति ताप्लेजुङले उक्त तालिम शुरु गरेको हो ।

शेर्पा जातीको मातृभाषा लिपी दिनानुदिन लोप हुदै गएकोले भाषा लिपी संरक्षण र सम्बद्र्धन गर्न शेर्पा जातीको छाता संगठन नेपाल शेर्पा संघको उदेश्य रहेकाले पनि तालिम आयोजना गरिएको संघका अध्यक्ष पासाङ रिता शेर्पाले जनाएकाछन् ।

तालिमको सहजीकरण भने नेपाल शेर्पा संघका संस्थापक अध्यक्ष तथा शेर्पा भाषा विज्ञ मात्रिका शेर्पाले गरिरहेका छन् भने तालिममा २८ जना प्रशिक्षार्थी सहभागी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्