नेपाल शेर्पा संघ ताप्लेजुङद्वारा मैवाखोला बाढीपहिरो प्रभावितलाई खाद्यान्न वितरण।

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ साघु पाटीमा बिहिवार ६१ घर दुरिलाई खाद्यन्न सामाग्री वितरण गरिएकोछ ।

असार २ र ३ गते भएको अबिरल बर्षाका पछि आएको बाढीपहिरोबाट वडा नं।४ ओदकका ६१ घर दुरि विस्थापित भएका थिए । उनीहरुलाई नेपाल शेर्पा संघ जिल्ला कार्य समिति ताप्लेजुङले खाद्यन्न सामाग्री वितरण गरेको हो ।

मैवाखोला गाउँपालिका प्रमुख बिजय प्रकाश वनेमको रोहवर र नेपाल शेर्पा संघको समन्वयमा कपन महायन केन्द्र गुम्बा ९हेल्पिङ हेल्ड ० को आर्थिक सहयोगमा राहत सामाग्री वितरण गरिएको नेपाल शेर्पा संघ जिल्ला कार्य समितिका अध्यक्ष पासाङ रिता शेर्पाले जनाएका छन् ।

खाद्यन्न सामाग्रीमा प्रती घर दुरी चामल ५० के।जी,दाल ५ के।जी, तेल ५ लिटर, नुन २ के।जी र मसला साथै साबुन गरि जम्मा ३ लाख ८९ हजार रुपैँया बराबरको खाद्यन्न सामाग्री वितरण गरिएको शेर्पा संघले जनाएको छ ।

प्रमुख अतिथि समेत रहेका मैवाखोला पालिका अध्यक्ष बिजय प्रकाश वनेमले राहत वितरण कार्यक्रममा बोल्दै वडा न।ं४ ओदकका विस्थापित ६१ घर दुरीलाई स्थानन्तरण गर्ने प्रयास रहेकाले विभन्न संस्थालाई सहयोगको समेत अनुरोध गरेका छ्न ।

गाउँपालिकाका प्रमुख वनेम सहित उपप्रमुख कमल कुमारी वनेम, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी माया गोम्देन, मैवाखोला १ न। वडा अध्यक्ष चन्द्र तामाङ र ४ नं। वडा अध्यक्ष फुर्बा शेर्पाको उपस्थितीमा राहत वितरण कार्यक्रम सम्पन्न भएको हो ।


प्रतिक्रिया दिनुहोस्