मैवाखोला गाउँपालिकाको १३ औं गाउँ अधिबेशन अन्त्य

ताप्लेजुङ । मैवाखोला गाउँपालिकाको १३ औं गाउँ अधिबेशन ( बजेट अधिबेशन ) शुक्रबार अन्त्य भएको छ । जेष्ठ २८ गतेबाट प्रारम्भ भएको अधिबेशनको बैठकहरुले गाउँपालिकाको आगामी आ.व.०८०÷८१ को बार्षिक निति,कार्यक्रम तथा बजेट सहित अन्य विधेयक पारित गर्दै अन्त्य भएको हो ।


अधिवेशसनले गाउँपालिकाको आगामी आ.व.०८०÷८१ को बार्षिक निति तथा कार्यक्रम सँगै बिनियोजन बिधेयक, आर्थिक बिधेयक, स्थानीय बाताबरण संरक्षण तथा प्राकृतिक श्रोत ब्यबस्थापन सम्बन्धि बनेको बिधेयक २०८०, बिधायन समितिको ( गठन तथा संचालन ) सम्बन्धि कार्यबिधि पारित गरेको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।


त्यस्तै १३ औं गाउँ अधिवेशनले अर्थ तथा सार्बजनिक लेखा समिती (गठन तथा संचालन ) सम्बन्धि कार्यविधी र सुशासन तथा स्थानीय सेवा समिति ( गठन तथा संचालन ) सम्बन्धि कार्यबिधी, गाउँपालिकाको आबधिक बिकास योजना, मध्यमकालिन खर्च संरचना, राजस्व सुधार योजना, कर्मचारी संगठन तथा ब्यबस्थापन सर्बेक्षण ( इ७ः कगचखभथ ), खानेपानी स्वच्छता सम्बन्धि योजना (ध्ब्क्ज् एीब्ल् ), स्थानीय बिपद तथा जलबायु उत्थानशिल योजना,स्थानीय आपतकालीन संचालन केन्द्र कार्य संचालन विधि र गाउँपालिकाको आफ्नै लोगो स्वीकृत तथा पारित गरेको छ ।


अध्यक्ष वनेमका अनुसार गत असार २ गते राती भएको भीषण बाढी र पहिरोले गाउपालिकामा करोडौं मुल्य बराबरको क्षती भएको र धेरै ठूलो जनसंख्या उच्च जोखिममा रहेकोले मैवाखोलाको हालको अबस्थालाई संकटपुर्ण अबस्था रहेको निष्कर्ष निकाल्दै संरचनाहरुको पुनर्निर्माण र पीडितहरुको पुनर्स्थापनाको निम्ति संघिय सरकार र प्रदेश सरकार तथा विभिन्न दातृ निकायहरुसङ्ग समन्वय र सहकार्य गर्ने संकल्प प्रस्ताव समेत पारित गरिएको छ ।


गाउँ अधिवेशनले पारित गरेसँगै नीति,कार्यक्रम तथा बजेट साथै अन्य विधेयकहरु आउँदो आर्थिक वर्ष ०८०÷८१ सुरु भएसँगै श्रावण १ गतेबाट कार्यान्वयनमा आउने छ ।


प्रतिक्रिया दिनुहोस्