प्रेमवाद समाज ताप्लेजुङद्वारा सुरुमखिम र मेहेलेका बाढी,पहिरो पीडितलाई राहत वितरण

देबेन्द्र बानियाँ
ताप्लेजुङ असार २४ गते। ताप्लेजुङको सिदिङवा गाउँपालिका वडा नं ६ मेहेले र वडा नं ७ सुरूमखिमका पहिरो प्रभावित परिवारलाई ७० हजार बराबरको खाद्यन्न सामाग्री वितरण गरिएको छ। प्रेमवाद समाज ताप्लेजुङद्वारा मेहेलेका २२ परिवार र सुरूमखिमका ८ परिवार गरी जम्मा ३० घर परिवारलाई राहत स्वरुप खाद्यन्न सामग्री वितरण गरिएको हो। आइतबार मेहेले र सुरूमखिमको संगम स्थल खुवामा पुगेर प्रेमवाद समाज ताप्लेजुङले प्रभावित क्षेत्रका स्थानीयलाई राहत स्वरुप प्रति परिवार २५ के.जी. चामल ,२ के.जी. नुन हस्तान्तरण गरेको प्रेमवाद समाज सिदिङवाका व्यवस्थापक ओमेन्सा राईले जानकारी दिए। त्यस्तै समाजले सिरिजङ्गा गाउँपालिकाको खेवाङ र याम्फुदिनका प्रभावित परिवारलाई राहत वितरण गरिने समेत राईले बताए।
यस अघि सिदिङवा गाउँपालिकाले प्रभावित परिवारलाई ६० हजार र आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन पोमु गाउँपालिका को केन्द्र सब्लाखु भञ्ज्याङमा पुगेरै प्रति परिवार ५० हजार प्रदान गरेका थिए।

अत्याधिक वर्षाका कारण गत असार २ र ४ गते भएको बाढी र पहिरोमा परी ३ जनाको ज्यान गएको थियो ३ जना वेपत्ता भएका थिए यस्तै २ जना गम्भीर घाइते भएका थिए। सिदिङवा गाउँपालिकाका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी १७० घर भन्दा बढि विस्तापित भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्