सांसद हाङ्गाम र नेपाली काँग्रेस ताप्लेजुङद्वारा पहिरो प्रभावित परिवारलाई राहत वितरण

ताप्लेजुङ ।  कोशी प्रदेशसभाका सदस्य खगेनसिंह हाङ्गाम र नेपाली काँग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङले मैवाखोला गाउँपालिकाका पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । पहिरोबाट प्रभावित परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो ।

 प्रदेशसभा सदस्य हाङ्गाम र नेपाली काँग्रेस जिल्ला कार्यसमितिको पहलमा संकलन भएको खाद्यान्न सामग्री पहिरो प्रभावितलाई वितरण गरिएको छ । नेपाली काँग्रेस जिल्ला सभापति गजेन्द्र तुम्याहाङ र प्रदेशसभा सदस्य हाङ्गामसहितको टोलीले मैवाखोला गाउँपालिका पुगेर एक सय १४ परिवारलाई राहत सामग्री वितरण गरेको हो ।

गत असार २ गते भीषण वर्षासँगै गएको पहिरोका कारण मैवाखोला गाउँपालिका–४ साँघुको ओदक र ताम्राङका बासिन्दाहरू पहिरोबाट प्रभावित भएका थिए । पहिरो प्रभावित परिवारलाई वितरण गरिएको राहत सामग्रीमा चामल २५ किलोग्राम, दाल तीन किलोग्राम, नुन र चिनी दुई–दुई किलोग्राम र खानेतेल एक लिटरको दर रहेको छ । 

नुहाउने र लुगा धुने साबुनलगायतका सामग्री पनि वितरण गरिएको नेपाली काँग्रेस ताप्लेजुङले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्