मैवाखोलाको पुँजिगत खर्च ९२.६३ प्रतिशत

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पुँजिगत खर्च ९२.६३ प्रतिशत गरेको छ । चालु आर्थिक वर्ष २०७९÷८० को कारोबारको अन्तिम दिन आईतबार सम्ममा उत्त रकम खर्च भएको पालिकाले जनाएको छ । धेरै जसो स्थानीय तहले पुँजिगततर्फ भन्दा चालुतर्फ बढि खर्च गरि रहेका बेला मैवाखोलाले भने चालु भन्दा पुँजिगततर्फ ६.७ प्रतिशत बढि रकम खर्च गरेको छ ।


चालु आर्थिक वर्षको पालिकाको कुल बजेट ४३ करोड ६९ लाख ४२ हजार ४ सय ५५ रहेको थियो । उत्त बजेट मध्ये पुँजिगतर्फ छुट्टाईएको १३ करोड ४५ लाख १८ हजार रुपैँयाको ९२.६३ प्रतिशत अर्थात १२ करोड ५४ लाख ४० हजार ८ सय २३ रुपैँय ५४ पैसा खर्च भएको पालिका अध्यक्ष विजय प्रकाश वनेमले जनाएका छन् ।

पालिका अध्यक्ष वनेमका अनुसार पुँजीगत बजेटको उक्त प्रतिशत बराबर खर्च हुँदा चालू तर्फको भने ८५.९३ प्रतिशत रकम खर्च भएको छ । चालु खर्चतर्फ विनियोजित ३० करोड १५ लाख २४ हजार ४ सय ५५ रुपैँया मध्ये २५ करोड ९१ लख २७ हजार ७ सय ६० रुपैँया ५० पैसा अर्थात ८५.९३ प्रतिशत खर्च भएको छ ।


समग्रमा पालिकाले कुल बजेटको ८८.०१ प्रतिशत अर्थात ३८ करोड ४५ लाख ६८ हजार ५ सय ८४ रुपैँया ०४ पैसा खर्च भएको पालिकाले जनाएको छ।अध्यक्ष वनेमले चालुतर्फ भन्दा पुँजिगत खर्चमा प्रगति हुनु मुख्य उपलब्धि भएको बताएका छन् ।

उनले भने,“चालू तर्फ भन्दा पुँजिगत खर्चमा धेरै प्रगति हुनु हाम्रो मुख्य उपलब्धि हो । मलाई लाग्छ यो एउटा नयाँ रेकर्ड बन्न सक्छ । हामीले सुरु बाट नै पुँजिगत खर्चलाई ध्यान दियौँ र नतिजा पनि सकरात्मक आयो ।”


प्रतिक्रिया दिनुहोस्