कृषि विकास बैंक ताप्लेजुङले पहिरो पीडत परिवारका लागि १ लाख रुपैयाँ राहत रकम हस्तान्तरण ।

ताप्लेजुुङ । कृषि विकास बैंकको ताप्लेजुङ शाखाले शनिबार एक कार्याक्रमका बिच सिदिङ्वा गाउँपालिकाका पहिरो पीडत परिवारका लागि १ लाख रुपैयाँ राहत रकम प्रदान गरेको छ ।
बैंकका शाखा प्रवन्धक जिरन बुढाथोकीले सिदिङवा गाउँपालिकाका कार्यालय प्रतिनिधि शिक्षा अधिकृत बिराज कट्टेललाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

बुढाथोकीका अनुसार बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सिदिङ्वाका पहिरो पीडितलाई सहयोग गरेको हो । कट्टेलले प्राप्त भएको रकम सिदिङ्वा गाउँपालिकाको बिपद् व्यवस्थापन कोषमार्फत बाढी तथा पहिरो पीडित परिवारमा पुग्ने जानकारी दिएका छन् ।

गत जेठ ३२ गते देखि सुरुभई असार ४ गते सम्म भएको अबिरल बर्षाका कारण सिदिङ्वा गाउँपालिकाका वडा नं ६ मेहलेमा ३ जनाको मृत्यु भएको छ भने एकाघरका ३ जना बेपत्ता छन् ।


प्रतिक्रिया दिनुहोस्