हेवा खोलाको बेलिब्रिज निर्माण सम्पन्न

ताप्लेजुङ । अवरोध रहेको फिदिम पाँचथर ताप्लेजुङ जोड्ने मेची राजमार्ग आइतबारबाट सञ्चालनमा आएको छ । असार ३ गते आएको बाढीले पाँचथर जिल्लाको हेवा खोलामा रहेको मोटरवेल पुल बगाइ अवरोध भएको उक्त राजमार्ग आजबाट सञ्चालनमा आएको हो। 

बेलिब्रिज बनाउने कार्य सम्पन्न भएसँगै यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मोटरवेल पुल बगाएपछि वैकल्पिक रुपमा खोलामा तुइन, फड्के तथा अस्थायी डाइभर्सन पुल सञ्चालन गरि सवारी साधनहरूको सहज आवत जावत भइरहेकोमा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएपछि सहज भएको छ ।

बेलिब्रिजको प्रयोग गर्दा आइतबार (आज) साना सवारी साधनहरूलाई प्राथमिकतामा राखी क्रमश पछि ठूला सवारी साधनहरू सञ्चालन गरिने भएको हुदाँ अनावश्यक रुपमा सडक जाम नगरिदिन प्रहरीले सबैलाई आग्रह गरेको छ । 

त्यस्तै पुलबाट एक तर्फी मात्र सवारी आवत जावत हुने हुदाँ पालैपालो एकतर्फी र एकपटकमा एउटा मात्र सवारीसाधन आवत जावत गर्न, पुलको किनारमा सुरक्षा जोखिम रहेको हुँदा पैदल भइ सो पुलको प्रयोग गर्दा विशेष ध्यान पुर्याउन हुन र बालबालिका तथा बुद्धलाई एक्लै सो पुलको प्रयोग गर्न नदिन, बेलिब्रिजमा तोकिएको भारवहन क्षमता (२५ टन सम्म) भन्दा बढी भार बहन गरि ढुवानी गर्न नमिल्ने भएको हुदाँ तोकिएको भारवहन भएको सवारी मात्र आवतजावत र ढुवानी गर्न हुन समेत प्रहरीले आग्रह गरेको छ ।

त्यस्तै मानिसहरको सहज आवत जावत र सुविधाको लागि प्रहरीले सो स्थानमा प्रहरी टोली परिचालन गरेको हुदाँ केही समस्या परे खटिएको प्रहरीमा सम्पर्क गर्न हुन अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्