न्युनतम पारिश्रमिक लागु गर्न माग गर्दै नेपाल ट्रेड युनियन काङ्ग्रेस ताप्लेजुङले ज्ञापन पत्र बुझायो

ताप्लेजुङ – नेपाल ट्रेड यनियन कांग्रेस ताप्लेजुङले श्रमजीवी वर्गको न्युनतम पारिश्रमिक २५ हजार रुपैयाँ निर्धारण गर्न माग गरेको छ । युनियनले जिल्ला प्रसासन कार्यालय ताप्लेजुङमार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीलाई ज्ञापन पत्र पठाउँदै श्रमजिबी न्युनतम पारिश्रमिक २५ हजार निर्धारण गर्न माग गरेको हो ।

युनियनले कर्मचारीहरुको न्युनतम पारिश्रमिक नेपाल श्रम ऐनमा व्यवस्था भए बमोजिम प्रत्येक २ / २ बर्षमा त्रिपक्षीय सहमतिका आधारमा साउनदेखि लागु गर्न समेत आग्रह गरेको छ ।

सरकारदेखि रोजगारदाता सबै निकायहरुले श्रमजीवीको न्युनतम पारिश्रमिक उपलब्ध गराउनपछि हटेको भन्दै महँगीले सिमा नाघेको समयमा मासिक १५ हजारमा जिवनयापन गर्न श्रमिक बाध्य बनेको नेपाल ट्रेड युनियनताप्लेजुङका अध्यक्ष खगेन्द्र कार्कीले बताएकाछन ।

सरकारले श्रमजिविहरुको न्युनतम पारिश्रमिक २५ हजार निर्धारण नभए श्रमजीवीहरुको हक र अधिकारका लागी कडा कदम चाल्न बाध्य हुने चेतावनी ज्ञापन पत्रमार्फत दिएकाछन् । युनियनले श्रमजीवीको तलब मासिक २५ हजार निर्धारण गर्न माग गर्दै आईतवार जिल्ला प्रशासन कार्यालय मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।


प्रतिक्रिया दिनुहोस्