विपी स्मृति दिवसको अवसरमा नेविसंघद्वारा फलफूल बितरण 

ताप्लेजुङ । नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको  स्मृति दिवसको अवसरमा जिल्ला अस्पताल ताप्लेजुङका बिरामीलाई फलफूल बितरण गरिएको छ । नेपाल विद्यार्थी संघ ताप्लेजुङ्ले ४१औ स्मृति दिवसको अवसरमा अस्पतालका बिरामीहरूको शिघ्र स्वास्थ्य लाभको कामना सहित फलफूल बितरण गरेको हो ।  

नेपाली काङ्ग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङको प्रमुख आतिथ्यमा फलफल प्रदान गरिएको नेविसङ्घ ताप्लेजुङका कार्यवाहक अध्यक्ष अर्जुन तिवारीले बताउनु भएको छ । उहाँका अनुसार इमरजेन्सीमा रहेका ७ सहित २४ जना बिरामीहरूको शिघ्र स्वास्थ्यलाभको कामना सहित फलफूल प्रदान गरिएको हो । यस्तै कोइरालाको तस्बिरमा उपस्थित अतिथिहरूले माल्यार्पण समेत गरेका थिए । 

कार्यक्रममा जिल्ला सभापति तुम्याहाङ, मेरिङेदन गाउँपालिका अध्यक्ष युकहाङ्बिर हाङ्गगाम ९डम्बर०, मिक्वाखोलाका अध्यक्ष भक्त बहादुर कार्की, फक्ताङलुङका उपाध्यक्ष रबिन साम्रा, सिरिजङ्गा गाउँपालिकाका निवर्तमान अध्यक्ष टिकाराम गुरुङ, प्रचार विभागका केन्द्रिय सदस्य शिला ईजम, पुर्व जिल्ला सभापति केशव प्रसाद दाहाल, तरुणदलका केन्द्रिय सदस्य उदय आङबुहाङ लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्