फिफा महिला विश्वकप : फ्रान्स र जमैकाबीचको खेल गोलरहित बराबरी

काठमाडौं । फिफा महिला विश्वकप फुटबल मा फ्रान्स र जमैकाले बराबरी खेलेका छन् ।

समूह एफमा रहेका यी दुई टिमले आइतबार भएको खेलमा गोलरहित बराबरी खेल्दै एक एक अंक बाँडेका छन् । यसैगरी, आइतबारै भएको अर्को खेलमा स्टेफानी भान डेरको एक मात्र गोल मद्दतमा नेदरल्यान्ड्सले पोर्चुगललाई १–० ले पराजित गर्दै विजय सुरुआत गरेको छ । उपाधि दाबेदार नेदरल्यान्ड्सको जित सांघुरो रहे पनि पूरा अवधिमा पोर्चुगलले खासै चुनौती पेस गर्न सकेन । समूह ई मा प्राप्त यो जितपछि नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा रहेको छ ।

डिफेन्डिङ च्याम्पियन अमेरिका समान तीन अंकमा गोल अन्तरको आधारमा शीर्ष स्थानमा छ । आजै भएको अर्को खेलमा उपाधि दावेदार स्विडेनले दक्षिण अफ्रिकालाई २–१ ले हराएको छ । स्विडेनले एक गोलले पछाडि रहेको स्थिति उल्टाउँदै जित निकालेको हो । दक्षिण अफ्रिकाले हिल्डाह मागाइआको गोलले ४८ औं मिनेटमा अग्रता लिन सफल भएको थियो । फ्रिाडोलिना रोल्फोले ६५ औं मिनेटमा स्विडेनका लागि गोल गरिन र खेल बराबरीमा आयो । खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला अमन्डा इलेसडेटले ९० औं मिनेटमा स्विडेनका लागि निर्णायक गोल गरिन् र योसँगै टिमको पुर्नआगमन जित पुरा भएको थियो ।


प्रतिक्रिया दिनुहोस्