शेर्पा समुदायको पहिचान झल्कने तस्विर राख्न माग गर्दै मेरिङदेन गाउँपालिकालाई ध्यानाकार्षण पत्र


ताप्लेजुङ । शेर्पा समुदायको पहिचान झल्कने तस्विर राख्न माग गर्दै शेर्पाहरुको छाता तथा भातृ संगठनले मेरिङदेन गाउँपालिकालाई ध्यानाकार्षण पत्र बुझाईएको छ । सोमबार पालिकामा पुगेर नेपाल शेर्पा संघ,शेर्पा सञ्चार समुह नेपाल र हिमालयन शेर्पा सांस्कृतिक केन्द्र मेरिङदेन कार्य समितिले संयुक्त रुपमा ध्यानाकार्षण पत्र बुझाएको हो ।


ध्यानाकार्षण पत्रमा पालिकाको सभाहलमा शेर्पा समुदायको पनि अरु जातिको तस्विर जस्तै स्पष्ट पेशागत पहिचान झल्कने तस्विर र मूल प्रवेशद्धारमा शेर्पा लिपीद्धारा लेखिनु पर्ने उल्लेख गरिएको छ । त्यस्तै गाउँपालिकाको योजना वितरण गर्दा शेर्पा समुदायलाई पनि समेटिनुपर्ने,विभिन्न स्थानमा शेर्पा समुदायको सहभागीतालाई जोड दिईनुपर्ने समेत ध्यानाकार्षण पत्रमा उल्लेख रहेको छ ।


मेरिङदेन गाउँपालिकाको शासन प्रणालीमा एकल जातिय झल्को दिने संरचना देख्न पाएको र गाउँ गाउँमा सिंहदरबारको महसुस शेर्पा समुदायले पनि गर्न पाउनु पर्नेमा नेपाल शेर्पा संघ मेरिङदेन कार्य समितिका अध्यक्ष ल्हाक्पा तेम्बा शेर्पाले जोड दिए । ज्ञापनपत्र बुझ्दै मेरिङदेन गाउँपालिकाका अध्यक्ष डम्बर ब.युगहाङबिर हाङगामले मागपत्र अनुसार काम गरिने प्रतिबद्धतता जनाए ।


नेपाल शेर्पा संघ केन्द्रिय कार्य समिति सदस्य तथा ताप्लेजुङ शेर्पा समाज संस्थापक अध्यक्ष दावा (डि एन) शेर्पा, नेपाल शेर्पा संघ मेरिङदेन कार्य समिति अध्यक्ष ल्हाक्पा तेम्बा शेर्पा, शेर्पा सञ्चार समुह नेपाल अध्यक्ष फुर्बा शेर्पा तथा हिमालयन शेर्पा सांस्कृतिक केन्द्र मेरिङदेन कार्य समिति अध्यक्ष मिङमा तेम्बा शेर्पा लगायतको उपस्थितिमा ध्यानाकार्षण पत्र बुझाईएको हो ।

ध्यानाकार्षण पत्र हेर्नुसः


प्रतिक्रिया दिनुहोस्