एसइई उत्तिर्ण शेर्पा विद्यार्थीहरुलाई नेपाल शेर्पा विद्यार्थी संघले सम्मान गर्ने

फुर्बा शेर्पा

काठमाण्डौं । माध्यमिक शिक्षा परिक्षा (एसइई) परीक्षा उत्तिर्ण गर्ने देश भरीका शेर्पा विद्यार्थीहरूलाई नेपाल शेर्पा विद्यार्थी संघले सम्मान गर्ने भएको छ । संघको केन्द्रिय समितिले साउन १३ गते बौद्ध रामहिटी,काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गर्दै सम्मान गर्न लागेको हो ।

उच्च शिक्षा अध्ययनमा हौसला प्रदान गर्न एसईई उतिणर््ालाई सम्मान सहित उच्च शिक्षा अध्ययन गरिरहेका शेर्पा विद्यार्थीहरुका लागि शैक्षिक परामर्श, मानसिक स्वास्थ्य सचेतना र शेर्पा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको नेपाल शेर्पा विद्यार्थी संघका केन्द्रीय सचिवालय सदस्य सोनाम शेर्पाले जानकारी दिए ।

कार्यक्रमबाट विद्यार्थी, अभिभावक,शैक्षिक संस्था, विद्यालय, र कलेजहरुले लाभ लिन सक्ने भएकाले उपस्थितिको लागि आयोजकले अनुरोध समेत गरेको छ । शिक्षा मन्त्री अशोक कुमार राईको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्