ताप्लेजुङमा डेङ्गु सङ्क्रमित फेला

ताप्लेजुङ । ताप्लेजुङमा पनि डेङ्गु रोगका सङ्क्रमित फेला परेका छन् । जिल्ला अस्पताल ताप्लेजुङमा बिरामीको परीक्षणका क्रममा डेङ्गु सङ्क्रमित फेला परेका हुन् ।

शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका क्रममा छ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेनडेन्ट डाक्टर ओमप्रकाश थापा मगरले जानकारी दिए । डा. थापामगरका अनुसार सङ्क्रमण पुष्टि भएकामध्ये जिल्ला अस्पतालमा उपचारपछि पाँच जना घरमै स्वास्थ्य लाभ गरिरहेका छन् ।

एकजना ८० वर्षीय वृद्ध भने जिल्ला अस्पतालमा उपचाररत रहनुभएको उनले जानकारी दिएका छन् । जिल्ला अस्पतालका अनुसार धरान, विराटनगर र झापाबाट ताप्लेजुङ आएकाहरुमा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।

कोही तराईतिर रहँदै सङ्क्रमित भएर आएका र केहीमा पछि डेङ्गु सङ्क्रमण देखापरेको पाइएको अस्पतालले जनाएको छ । यसरी हिमाली जिल्लामा समेत डेङ्गु सङ्क्रमित फेला पर्नु सामान्य नभएको डा. थापा मगरको भनाइ छ । ताप्लेजुङ, साउन १७ गते । ताप्लेजुङमा पनि डेङ्गु रोगका सङ्क्रमित फेला परेका छन् । जिल्ला अस्पताल ताप्लेजुङमा बिरामीको परीक्षणका क्रममा डेङ्गु सङ्क्रमित फेला परेका हुन् ।

शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका क्रममा छ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेनडेन्ट डाक्टर ओमप्रकाश थापा मगरले जानकारी दिए । डा. थापामगरका अनुसार सङ्क्रमण पुष्टि भएकामध्ये जिल्ला अस्पतालमा उपचारपछि पाँच जना घरमै स्वास्थ्य लाभ गरिरहेका छन् ।

एकजना ८० वर्षीय वृद्ध भने जिल्ला अस्पतालमा उपचाररत रहनुभएको उनले जानकारी दिएका छन् । जिल्ला अस्पतालका अनुसार धरान, विराटनगर र झापाबाट ताप्लेजुङ आएकाहरुमा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । कोही तराईतिर रहँदै सङ्क्रमित भएर आएका र केहीमा पछि डेङ्गु सङ्क्रमण देखापरेको पाइएको अस्पतालले जनाएको छ ।

यसरी हिमाली जिल्लामा समेत डेङ्गु सङ्क्रमित फेला पर्नु सामान्य नभएको डा. थापा मगरको भनाइ छ । गोरखापत्र अनलाइन


प्रतिक्रिया दिनुहोस्